कोरोना भाइरस : दार्जीलिङ-कालेबुङ जिल्लामा अहिलेसम्म 94 जना मानिसहरू सङ्क्रमित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 6, 2020

कोरोना भाइरस : दार्जीलिङ-कालेबुङ जिल्लामा अहिलेसम्म 94 जना मानिसहरू सङ्क्रमित

गफसफ.com, 6 जुन 2020, कालेबुङ ।

वैश्विक महामारी कोभिड-19 (कोरोना भाइरस)-ले अहिलेघरी विश्वलाई नै आतङ्कित बनाएको छ। सङ्क्रमणलाई फैलिन नदिनका निम्ति सरकारले चलाएको देशव्यापी लकडाउनलाई विस्तारै खकुलो बनाएपछि झनै यसको सङ्क्रमण जोडतोडले फैलिन थालेको छ। यो भाइरसबाट पहाड पनि अछुत रहन सकेको छैन। पहाडको दुईवटा जिल्लाहरूमा दार्जीलिङ अनि कालेबुङमा पनि यो भाइरसले मानिसहरू सङ्क्रमित बनिरहेको छ। दार्जीलिङ अनि कालेबुङ जिल्ला मिलाएर अहिलेसम्म यो भाइरसबाट सङ्क्रमित बन्नेहरूको मोठ सङ्ख्या 94 पुगेको छ भने 3 जनाको अहिलेसम्म मृत्यु भएको छ। यसक्रममा 22 जना स्वास्थ भएर अस्पतालबाट घर फर्किसकेका छन्।

दार्जीलिङ जिल्लाको सिलगडी महकुमा क्षेत्र सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको छ। यद्यपी पहाड पनि अछुत भने रहेको छैन। विविध कारणहरूले बाहिर फसेका मानिसहरू घर फर्केकाहरू पहाडमा दिनदिनै सङ्क्रमित बनिरहेका छन्। दार्जीलिङ जिल्लाको पहाड-समतल मिलाएर अहिलेसम्म मोठ 83 मानिसहरू सङ्क्रमित बनिसकेका छन् भने 2 जनाको मृत्यु भइसकेको छ। दार्जीलिङ जिल्लाबाट अहिलेसम्म 16 मानिसहरू सङ्क्रमणबाट उपचारपछि स्वस्थ भएर घर फर्केका छन्।  

यता पहाडमा सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण कालेबुङमा देखा परेको थियो भने पहिलो कोरोना सङ्क्रमित महिलाको मृत्यु समेत भएको थियो। उनी चेन्नाईबाट कालेबुङ फर्केपछि नै सङ्क्रमणको पुष्टि भएको थियो भने उनको उपचारको क्रममा मृत्यु भएको हो। उक्त सङ्क्रमित महिलाको सम्पर्कमा आएका परिवारका 5 जना अनि एकजना घरेलु कार्य गर्ने महिलालाई पछिबाट कोरोना पोजेटिभ भएको थियो। जो उपचारपछि स्वास्थ भएका छन्।

एक महिनामासम्म कालेबुङ जिल्लामा एउटै पनि कोरोना सङ्क्रमित मानिसहरू नभए पनि एकमहिना पछि भने कालेबुङमा पनि सङ्क्रमित मानिसहरू भेट्न थालेको छ। दुईजना महिलाहरू भेटेको लगत्तैपछि थप दुईजना सिभिक भोलेन्टियर पुलिस कर्मीहरूलाई पनि कोरोना पोजेटिभ भेट्टाइएपछि उनीहरूलाई उपचारको निम्ति हाल सिलगडी लगिएको छ। कालेबुङ जिल्लामा कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्या 11 पुगेको छ भने अहिलेघरी 4 जना सङ्क्रमित छन् भने एकजनाको मृत्यु र 6 जना स्वास्थ्य भइसकेका छन्। 

यता पश्चिम बङ्गाल राज्यमा स्वास्थ्य विभागको रिपोर्ट अनुसार अहिलेसम्म 7 हजार 738 जना सङ्क्रमित भएका छन्। पछिल्लो 24 घण्टामा मात्र 434 मामिला वृद्धि भएको छ। हाल राज्यमा मोठ 311 जनाको मृत्यु भएको छ भने 3119 जना स्वास्थ भइसकेका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad