उत्तर बङ्गालमा नै बड्दैछ कोरोना सङ्क्रमणको त्रास: मेडिकल कलेज एवम् अस्पतालमा भर्ना भएका 5 जना कोरोना सङ्क्रमित रहेको पुष्टि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 2, 2020

उत्तर बङ्गालमा नै बड्दैछ कोरोना सङ्क्रमणको त्रास: मेडिकल कलेज एवम् अस्पतालमा भर्ना भएका 5 जना कोरोना सङ्क्रमित रहेको पुष्टि

गफसफ.com, २ अप्रेल २०२०, कालेबुङ।  
वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) ले दार्जीलिङ पहाडका मानिसहरूलाई त्रसित बनाएको छ। कोरोना भाइरसले बिस्तारै उत्तर बङ्गालमा पनि मानिसहरूलाई चपेटमा ल्याउने कार्य सुरु गरेको छ। पश्चिम बङ्गालको परिवार अनि कल्याण विभागद्वारा जारी रिपोर्टमा गत 2 अप्रेल सम्म थप 5 जना मानिसहरूलाई कोरोना सङ्क्रमित भेटाइएको बताइएको छ। जसमध्ये 1 जना कालेबुङको रहेको छ भने अन्य 4 जना जलपाईगडी जिल्लाका रहेका छन्। उत्तर बङ्गाल मेडिकल कलेजमा कोरोना सङ्क्रमित अहिलेसम्म कालेबुङ जिल्ला निवासी एक महिलाको भने मृत्यु भइसकेको छ।

कोरोना सङ्क्रमित भएको सम्भावनामा शुक्रबारसम्म उत्तर बङ्गाल मेडिकल कलेजको आइसोलेसन वार्डमा मोठ 76 जना बिरामीहरूलाई भर्ना गरिएको छ भने उनीहरू मध्ये 55 जनाको जाँचको निम्ति नमुना सङ्ग्रह गरिएको छ। सोही 55 जनामध्ये 5 जना बिरामीहरूलाई कोरोना सङ्क्रमित पुष्टि भएको छ। उक्त 5 जना कोरोना सङ्क्रमितहरू मध्ये 1 जना कालेबुङ जिल्लाको छ भने 4 जना जलपाईगडी जिल्लाका रहेका छन्। जलपाईगडी जिल्लाका कोरोना सङ्क्रमित मानिसहरू कुरन ठाउँको हो भन्ने जानकारी भने गराइएको छैन। उक्त 5 जनाको नमुना NICED कोलकोतामा जाँच गर्दा कोरोना पोजेटिभ भेटाइएको पनि रिपोर्टमा उल्लेख गरेको छ। अहिलेसम्म नमुना जाँच गरिएकाहरू मध्ये 3 जना बिरामीहरूको रिपोर्ट भने अझै आउन बाँकी रहेको छ भने यसका साथै भर्ना भएकाहरू मध्ये धेरैको नमुना मात्रै सङ्ग्रह गरिएको छ जसको जाँचपछि रिपोर्ट आउन बाँकी रहेको छ। सोहिकारण पनि उत्तर बङ्गाल मेडिकल कलेजमा भर्ना भएकाहरूबाट धेरै कोरोना सङ्क्रमित निस्कन सक्ने सम्भावना रहेको छ।

पश्चिम बङ्गालको परिवार अनि कल्याण विभागले जारी गरेको रिपोर्ट अनुसार दार्जीलिङ पहाडमा कोरोनाको सङ्क्रमण फैलिनसक्ने सम्भावनालाई ध्यानमा राखेर ठाउँ-ठाउँमा व्यापक स्क्रिनिङ कार्य गरिरहेको छ। विशेष गरेर सिमावर्ती क्षेत्रहरूबाट कोरोना सङ्क्रमित मानिसहरू भित्रिन सक्ने सम्भावलाई हेरेर त्यहाँ सुरक्षा व्यवस्थाको साथमा मानिसहरूको स्क्रिनिङ चलिरहेको छ। यसक्रममा अहिलेसम्म अन्ताराष्ट्रिय सिमा क्षेत्रमा 62 हजार 681 जनाको स्क्रिनिङ गरिएको छ भने अन्तर राज्य सिमा क्षेत्रमा 12 हजार 92 जनालाई स्क्रिनिङ गरिएको छ। यसरी अन्तर जिल्ला स्क्रिङ पोइन्टहरूमा अहिलेसम्म 41 हजार 174 जनालाई स्क्रिनिङ गरिएको छ भने अन्ताराष्ट्रिय हवाई यात्रीहरूमा 308 जनालाई स्क्रिनिङ अनि 16 हजार 566 जना घरेलु हवाई यात्रीहरूलाई स्क्रिनिङ गरिएको छ।
उक्त रिपोर्ट अनुसार अहिलेसम्म 33 जनालाई क्वारान्टाइन सेन्टरमा भर्ना गरेर निगारानीमा राखिएको छ भने हालमा 3 हजार 639 जना होम क्वारान्टाइनमा रहेका छन्। यसका साथै अहिलेसम्म 316 जना मानिसहरूको होम क्वारान्टाइन पुरा भएको छ। 

No comments:

Post a Comment

Post Bottom Ad