कोरोना सङ्क्रमणले मृत्यु भएकी सुनिता देवीको सम्पर्कमा आएका थप 6 जना कोरोना पोजेटिभ; कालेबुङबाट सिलगडी रेफर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 3, 2020

कोरोना सङ्क्रमणले मृत्यु भएकी सुनिता देवीको सम्पर्कमा आएका थप 6 जना कोरोना पोजेटिभ; कालेबुङबाट सिलगडी रेफर

गफसफ.com, ३ अप्रेल २०२०, कालेबुङ।  
वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) ले सङ्क्रमित कालेबुङकी मृतक महिला सुनिता देवीको सम्पर्कमा आएका थप छ जनालाई पनि कोरोना पोजेटिभ भेट्टाइएको छ। उनको परिवारका 5 जना सदस्य अनि घरेलु कार्य गर्ने महिलाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई कोरोना पोजेटिभ पुष्टि भएको विशेष सुत्रले बताएको छ। जसको कारण कालेबुङमा क्वारन्टाइनमा रहेका सबैलाई उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा पूर्ण सुरक्षा व्यवस्थाको साथमा लगिएको छ। यसबारे अहिलेसम्म सम्बन्धित निकायबाट आधिकारिक बयान न आए पनि बेलुकी सरकारले जारी गर्ने स्वास्थ्य बुलेटिनमा यसको आधिकारिक पुष्टि गरिने विश्वास गरिएको छ।

कोरोना सङ्क्रमित मृतक सुनिता देवीको सम्पर्कमा आएका थप 6 जनालाई कोरोना पोजेटिभ भएपछि उनीसँग सम्पर्कमा हुनेहरूलाई कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्या 10 पुगेको छ। यसभन्दा अघि उनकै परिवारका 4 जनालाई पोजेटिभ भेट्टाइएको थियो भने आज पुन 5 जना परिवार अनि 1 जना उनै घरमा कार्य गर्नेलाई कोरोना पोजेटिभ भेट्टाइएपछि कोरोना सङ्क्रमित मानिसहरूको सङ्ख्या बडेर 10 पुगेको छ। जसको कारण कालेबुङमा सनसनी छाएको छ।
मृतक सुनिता देवीको सम्पर्कमा धेरै मानिसहरू आएका छन्। जसमध्ये सोझै सम्पर्कमा आएका घरका परिवारलाई एकपछि अर्को गर्दै कोरोना पोजेटिभ भेट्टाइन्दैछ भने उनकै घरमा कार्यरत एकजनालाई पनि कोरोना भेट्टाइएपछि अरू सम्पर्कमा आउने मानिसहरूमा चिन्ता बडेको छ। यद्यपी उनको जाँच गर्ने डा. जी.एम दे भने स्वास्थ्य रहेका छन् भने उनको रिपोर्ट के आयो भन्ने समेत अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन। यद्यपी डा. दे ले भने आफु स्वास्थ्य रहेको अनि हालमा आफुलाई कुनै कोरोनाको लक्षण समेत नभएको भन्दै मानिसहरूलाई धर्य भएर बस्ने अपिल समेत गरेका छन्।
विशेष गरेर कोरोना सङ्क्रमणले मृत्यु भएकी महिला सुनिता देवीको सम्पर्कमा 31 जना मानिसहरू आएका थिए भने उनीसँगै हवाई जहाजमा यात्रा गर्नेहरूको सुची पनि सरकारको स्वास्थ्य विभागले तयार पारेको छ। यसक्रममा उनीसँगै गत 19 मार्चका दिन चेन्नाईबाट बाघडोग्रा हवाई मार्ग भएर यात्रा गर्ने उत्तरबङ्गालका यात्रीहरू 28 जना रहेका छन्। उनीहरू सबैलाई स्वास्थ्य विभागले प्रशासनको सहयोगमा ट्रेस गरेर हाल होम क्वारन्टाइनमा नै राखेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad