कोरोना सङ्क्रमण : क्वारान्टाइन हाउसलाई लिएर मानिसहरूलाई भ्रममा नपर्ने विनय तामङको अपिल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 2, 2020

कोरोना सङ्क्रमण : क्वारान्टाइन हाउसलाई लिएर मानिसहरूलाई भ्रममा नपर्ने विनय तामङको अपिल


गफसफ.com, २ अप्रेल २०२०, दार्जीलिङ।  
कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन जीटीएको पक्षबाट पनि उत्तिकै सक्रियताको साथका कार्य भैरहेको छ। जीटीएले पहाडमा कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर हाल विभिन्न स्थानहरूमा अस्थायी क्वारान्टाइन होम बनाउने कार्य गरिरहेको छ। बाहिरबाट आएका अथवा कोरोना सङ्क्रमित मानिसहरूको सम्पर्कमा कुनै स्रोत मार्फत सम्पर्कमा आएकाहरूको विशेष हेरचाह गर्न उक्त क्वारान्टाइन होमहरू बनाएको हो। तथापी अहिलेघरी मानिसहरूले उक्त क्वारन्टाइन होमबारे भ्रम सिर्जना प्नै भइरहेको छ। यसलाई लिएर गोजमुमो अध्यक्ष विनय तामङले जनतालाई भ्रममा नपर्ने अपिल गर्दै आफ्नो पक्षबाट स्पष्टिकरण दिएका छन्।

उनले मानिसहरूले क्वारान्टाइनलाई आइसोलेसन सेन्टर बुझेको कारण भ्रम सिर्जना भएको भन्दै क्वारान्टाइनमा कोरोना सङ्क्रमितहरू नराख्ने स्पष्टिकरण दिएका छन्। ‘गत 1 अप्रेल 2020 देखि आइसोलेसन Centre भनिदिएकोले धेरै विवाद सृष्टि भइरहेको छ। सम्बन्धित विभागीय अधिकारीहरूसित सम्पर्क राख्दा अनि सोधपुछ गर्दा वास्तवमा यो Isolation Centre नभएर क्वारान्टाइन हाउस हो’ तामङले भनेका छन्।
अहिले घडी आइसोलेसन सेन्टर केवल उत्तर बङाल मेडिकल कलेज हस्पिटल अनि  डा. च्याङ-को हस्पिटलमा बनाएको बताउँदै आवश्यकता परे सरकारले अन्य निजी नर्सिङ होमहरूपनि यस्तै आइसोलेसन सेन्टर खोल्ने विचार राखेको पनि उनले बताएका छन्।
‘म हजुरहरू सबैलाई  यो वचन दिन चाहान्छु कि यस क्वारान्टाइन हाउसमा केवल त्यी व्यक्ति वा व्यक्तिहरूलाई निगरानीको निम्ति राखिनेछ जो बाहिरबाट आएका छन् वा बाहिरबाट आएकाहरूसित सम्बन्ध राखिएको थियो । यस्तो परिस्थिति नआउनुपनि सक्छ - त्योपनि यदि आइहालेको खण्डमा मात्रै हो। यस  क्वारान्टाइन हाउसमा उपचारको निम्ति कुनै COVID-19 पोजेटिभ विरामीहरू राखिनेछैन’ विनत तामङले भनेका छन्। यसक्रममा उनले कालेबुङमा चारजना कोरोना पोजेटिभ नेस्केकाहरूलाई क्वारान्टाइन हाउसमा नराखेर सिलगडी उपचारको निम्ति लगिएको उदाहरण दिएका छन्।
तामङले ठाउँ-ठाउँमा अस्थायी रूपले बनाएको क्वारान्टाइन हाउस सम्बन्धबारे मानिसहरूलाई विवाद नगरिदिने अपिल गर्दै यदि भविष्यमा आफ्नै गाउँका आफन्तहरूलाई क्वारान्टाइन हाउसमा राख्न परे त्यसबेला आफुहरूलाई नै असुविधा हुने बताएका छन्। ‘अहिले हामी सबै मिलेर यो अदृश्य दुश्मनसित लडाइँ लड्नु छ - यदि आपसमा नै यो मतभेद सृजना गर्यौ भने हाम्रो हार निश्चित हुनेछ। यसोसले यस क्वारान्टाइन हाउसलाई लिएर कृपया अब विवाद सृष्टि नगरिदिनुहोस - हामी चेतनशील प्राणी भएर सामाजिक विचारधारामा  परोपकारको  भावनामा सबैको सेवा गरौं’ विनय तामङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad