कोरोना सङ्क्रमण : दार्जीलिङका दुईजना बिरामी आइसोलेसनमा भर्ना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 7, 2020

कोरोना सङ्क्रमण : दार्जीलिङका दुईजना बिरामी आइसोलेसनमा भर्ना

गफसफ.com, ७ अप्रेल २०२०, दार्जीलिङ।
वैश्विक महामारी कोरोना भाइरसको आतङ्क जीटीए अधिनस्थ कालेबुङ पछि अब दार्जीलिङ जिल्लामा पनि बढेको छ। अहिलेसम्म दार्जीलिङ जिल्लामा कोरोना भाइरस सङ्क्रमित एउटै पनि रिपोर्ट आएको थिएन भने आज दार्जीलिङ जिल्लाबाट दुईजनालाई कोरोना भाइरस सङ्क्रमणको कारण सिलगडी स्थित उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ। यसबारे जीटीएद्वारा जारी रिपोर्टमा जानकारी दिइएको छ।

अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि मात्रै बिरामीहरूलाई आइसोलेसनमा भर्ना गरिन्दै आएको कारण दार्जीलिङका उक्त दुईजना पनि कोरोना पोजेटिभ भएकै कारण आइसोलेसनमा भर्ना गरिएको सम्भावना रहेको छ। यद्यपी यसबारे उक्त रिपोर्टमा भने स्पष्टसँग केहि उल्लेख गरेको छैन। यसभन्दा अघि कोरोना भाइरस सङ्क्रमणको क्रामण मृत्यु भएकी कालेबुङ निवासी सुनिता देवीको सम्पर्कमा आएका उनकै परिवारका 5 जना सदस्य अनि एकजना घरेलु कार्य गर्ने महिलालाई कोरोना पोजेटिभ भेट्टाइएपछि आइसोलेसनमा भर्ना गरिएको थियो भने दार्जीलिङबाट थप दुईजनालाई आइसोलेसनमा भर्ना गरिएको जीटीएद्वारा जारी रिपोर्टमा बताइएको छ।
जीटीए प्रशासनले जारी गरेको उक्त रिपोर्टमा अहिलेसम्म दार्जीलिङ जिल्लाबाट 331 जना मानिसहरू सेल्प क्वारान्टाइनमा रहेक अनि कालेबुङ जिल्लाबाट 243 जना सेल्फ क्वारान्टाइन अनि 46 जनालाई क्वारान्टाइन सेन्टरमा भर्ना गरेर निगरानीमा राखिएको पनि जानकारी दिइएको छ।

1 comment:

Post Bottom Ad