कोरोना सङ्क्रमण : आइसोलेसनमा भर्ना दार्जीलिङ जिल्लाका दुवैजनाको रिपोर्ट नेगेटिभ; अस्पतालबाट पाए छुट्टी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 10, 2020

कोरोना सङ्क्रमण : आइसोलेसनमा भर्ना दार्जीलिङ जिल्लाका दुवैजनाको रिपोर्ट नेगेटिभ; अस्पतालबाट पाए छुट्टी

गफसफ.com,१० अप्रेल २०२०, कालेबुङ।
वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सङ्क्रमित बनेको सम्भावनामा उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालको आइसोलेसनमा भर्ना गरिएका दार्जीलिङ जिल्लाका दुवैजना बिरामीहरूको रिपोर्ट नेगेटिभ आएको छ। जसको कारण उनीहरूलाई अस्पतालबाट छुट्टी समेत दिइएको छ। यसबारे जीटीएद्वारा जारी आधिकारिक स्वास्थ्य रिपोर्टमा जानकारी दिइएको छ।
केहिदिन अघि कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएको कारण उनीहरू दुवैलाई आइसोलेसनमा भर्ना गरिएको थियो। जहाँ उनीहरूको उपचार चलिरहेको थियो भने जाँचमा दुवैलाई कोरोना सङ्क्रमित नरहेको पुष्टि भएको छ। त्यसपछि उक्त दुवै बिरामीहरूलाई अस्पतालबाट छुट्टी समेत दिइएको छ।
यता कोरोना भाइरसले भारतमा अहिलेघरी मानिसहरू दैनिक सङ्क्रामित बनिरहेका छन्। जसको कारण सङ्क्रमण बन्नेहरूको सङ्ख्या दिनोदिन बडीरहेको छ भने मृतकहरूको सङ्ख्या पनि बडीरहेको छ। भारत सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार अहिलेघरी देशमा 6 हजार 761 जना सङ्क्रामित छन् भने यसै भाइरसको चपेटमा परेर मर्नेहरूको सङ्ख्या 206 पुगेको छ। यद्यपी यसबाट स्वास्थ्य हुनेहरूको सङ्ख्या पनि 515 पुगेको छ।
यता पश्चिम बङ्गाल राज्यमा भने कोरोना सङ्क्रमित मानिसहरूको सही सङ्ख्याबारे अन्यौलता छाएको छ। पश्चिम बङ्गाल सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा राज्यमा 89 जना मानिसहरू सङ्क्रामित रहेको बताईको छ भने भारत सरकारले भने पश्चिम बङ्गालमा 116 जना स्सङ्क्रामित रहेको बताएको छ। जसको कारण मानिसहरू कुन रिपोर्टलाई सत्य मान्नु भनने कुरामा अलमल्ल परेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad