कोरोना सङ्क्रमण: कालेबुङका 10 जना सङ्क्रमित मध्ये 4 जनाको दोस्रो रिपोर्ट नेगेटिभ; मानिसहरूमा राहतको अनुभव - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 6, 2020

कोरोना सङ्क्रमण: कालेबुङका 10 जना सङ्क्रमित मध्ये 4 जनाको दोस्रो रिपोर्ट नेगेटिभ; मानिसहरूमा राहतको अनुभव

गफसफ.com, ५ अप्रेल २०२०, कालेबुङ
कोरोना भाइरस (कोभिड-19) को सङ्क्रमण दैनिक वृद्धि भइरहेको अवस्थामा कालेबुङको निम्ति भने केहि राहतको खबर आएको छ। केहिदिन अघि कोरोना सङ्क्रमणको कारण मृत्यु भएकी कालेबुङ निवासी सुनिता देवी सिंहको सम्पर्कमा आएपछि कोरोना सङ्क्रमित भएका 10 जनामध्ये 4 जनाको दोस्रो चरणको टेस्ट रिपोर्ट नेगेटिभ आएको छ। यसबारे आज राज्यकी मुख्य मन्त्री ममता ब्यानर्जी आफैले राज्य सचिवालय नवन्नामा पत्रकारहरूलाई सम्बोधन गर्दै जानकारी दिएकी छन्।
मृतक सुनिता देवी कालेबुङ जिल्लाको पहिलो कोरोना सङ्क्रमित हुन् भने उनको उपचारको क्रममा सिलगडीको उत्तरबङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा मृत्यु भएको थियो। उनकै सम्पर्कमा आएका परिवारका सर्वप्रथम चारजनालाई कोरोना पोजेटिभ भेट्टाइएको थियो भने पछिबाट परिवारका 5 अनि घरेलु कार्य गर्ने 1 जनालाई कोरोना पेजेटिभ भेट्टाइएको थियो। जसको हाल सिलगडीमा उपचार चलिरहेको छ। उपचारकै क्रममा उनीहरू सबैको स्वास्थ्यमा सुधार आइरहेको थाह लागेको छ भने पहिलो 4 जनाको दोस्रो चरणको जाँचमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ। जसबारे आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आफैले जानकारी दिएकी हुन्। रहल अन्य 6 जनाको भने आज जाँच हुने जानकारी प्राप्त भएको छ।
कोरोना सङ्क्रमणको कारण कालेबुङ जिल्लामा पहिलो सङ्क्रमित महिलाको मृत्यु अनि उनीसँग सम्पर्कमा आएका परिवारका सदस्यहरू एकाएक कोरोना पोजेटिभ निस्किएपछि मानिसहरूको त्रास बडेको थियो। यसक्रम उनीसँग विभिन्न माध्यमबाट सम्पर्कमा आएका अन्य मानिसहरू भने हाल पनि 14 दिनको क्वारान्टाइनमा नै रहेका छन् भने उनीहरू सबैको स्वास्थ्य ठिकै रहेको जानकारी प्राप्त भएको छ। यस्तो अवस्थामा सङ्क्रमित 10 जनामध्ये 4 जनाको जाँच रिपोर्ट नेगेटिभ आएपछि मानिसहरूले राहत अनुभव गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad