कोरोना सङ्क्रमण: सिलगडीमा रेल्वेमा कार्यरत कर्मचारीको मृत्यु, उत्तर बङ्गालमा कोरोनाको कारण दोस्रो मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, April 5, 2020

कोरोना सङ्क्रमण: सिलगडीमा रेल्वेमा कार्यरत कर्मचारीको मृत्यु, उत्तर बङ्गालमा कोरोनाको कारण दोस्रो मृत्यु

गफसफ.com, ५ अप्रेल २०२०, सिलगडी।
वैश्विक महामारी कोरोना भाइरस (कोभिड-19) ले मृत्यु हुनेहरूको सङ्ख्या दिनोदिन वृद्धि भइरहेको छ। यसैक्रममा उत्तर बङ्गालमा यस महामारीको चपेटमा परेर मृत्यु हुनेहरूको सङ्ख्या दुईजना भएको छ। कोरोना भाइरस (कोभिड-19) ले सङ्क्रमित एक व्यक्तिको सिलगडीमा आज मृत्यु भएपछि उत्तर बङ्गालमा यस सङ्क्रमणको कारण मृत्यु हुनेहरूको सङ्ख्या बडेर दुईजना भएको हो।

यसभन्दा अघि कालेबुङ जिल्लाकी सुनिता देवीको मृत्यु भएको थियो भने आज नर्दन फ्रन्टियर रेल्वेमा कार्यरत अरुण लोहाराको मृत्यु भएको छ। कालेबुङकी कोरोना सङ्क्रमित मृतक महिला सुनिता देवीको सम्पर्कमा आएपछि उनकै परिवारका मोठ 9 जना सदस्यहरू सङ्क्रमित भएका छन् भने 1 जना उनकै घरमा कार्य गर्ने महिला पनि सङ्क्रमित बनेकी छन्। हाल उनीहरू सबैको उपचार चलिरहेको छ। यता आज सिलगडीमा मृत्यु भएको व्यक्ति रेल्वे विभागमा कार्यरत सिनियर टेक्निसियन हुन् भने यसबारे नर्दन फ्रन्टियर रेल्वेले आवश्यक सूचना मार्फत जानकारी दिएको छ।
एन.एफ रेल्वेको कटिहार डिभिजन रेल्वे म्यानेजरद्वारा प्रकाशित गरेको सूचना सङ्ख्या E/192/Pt.VII अनुसार अरुण लोहारा अघिबाटै अस्पतालमा भर्ना भएको अनि उनको आज मृत्यु भएको जानकारी गराइएको छ भने उनको कोरोना जाँच रिपोर्ट पेजेटिभ आएको बताइएको छ। उनको मृत्युपछि उनीसँगै कार्यरत रहेका अन्य मानिसहरूलाई स्वास्थ्य विभागको निर्देश अनुसार क्वारान्टाइनमा पठाउनुपर्ने निर्देश दिइएको छ। 

No comments:

Post a Comment

Post Bottom Ad