निरज थापाको दुईवटा कविता कृतिहरू एकैसाथ विमोचित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 9, 2020

निरज थापाको दुईवटा कविता कृतिहरू एकैसाथ विमोचित

गफसफ.com, ९ मार्च २०२०, सिलगढी ।
युवा कवि निरज थापाको दुईवटा कविता कृति ‘मनसाइँली’ र ‘ओ मेरो मनको मान्छे’ एकैसाथ विमोचन गरिएको छ। सिलगढीको सालबारी स्थित गोर्खा सम्मिलन भवन, गोर्खा सेवा समाजमा आयोजित एक साहित्यिक कार्यक्रममा उक्त दुईवटा कविता कृतिको विमोचित भएको हो। 

वरिष्ठ साहित्यकार नरबहादुर दहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कवि मोहन ठकुरी, उदय थुलुङ, डा. जस योञ्जन प्यासी, कृष्णराज घतानी, पेम्बा तामाङ, डा. नरेश चन्द्र खाती, सञ्जय बान्तवलगायत अन्य विशिष्ट साहित्यिक व्यक्तित्वहरूको उपस्थितिमा उक्त पुस्तकहकरूको विमोचन गरियो। यस अवसरमा कवि जय क्याक्टस, कवि उदय थुलुङ, कवि नोर्जाङ स्याङदेन, कवि कमला तामाङ आदिले कविता वाचन पनि गरेका थिए।
कवि एवं कथाकार निरज राईको यसभन्दा अघि नै विम्बानुभूति (कथा संग्रह), धरातलको आयु (कविता संग्रह) अनि कथायाम (कथा संग्रह) प्रकाशित भइसकेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad