'गोर्खा ध्वनि' र एसपी शर्मा विरुद्ध मानहानीको मुद्दामा विमल गुरुङ-रोशन गिरीले पठान कानुनी नोटिस - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 7, 2020

'गोर्खा ध्वनि' र एसपी शर्मा विरुद्ध मानहानीको मुद्दामा विमल गुरुङ-रोशन गिरीले पठान कानुनी नोटिस

गफसफ.com, ७ मार्च २०२०, नयाँ दिल्ली।
गोर्खा जनमुक्ति मोर्चा (विमल समुह)का भूमिगत नेता विमल गुरुङ अनि रोशन गिरीहरू मुख्यमन्त्री ममता ब्यानर्जीसँग सम्झौता गर्न तयार रहेको भन्दै समाचार प्रकाशित गर्ने 'गोर्खा ध्वनि' विरूद्ध कानुनी नोटिस पठाइएको छ। भाजपासँग विश्वास हटेपछि विमल गुरुङ अनि रोशन गिरीहरू ममता व्यानर्जीसँग सम्झौता गर्न पार्थ च्याटर्जी अनि अभिषेक व्यानर्जी मार्फत सम्पर्कमा रहेको दावी गरेर 'गोर्खा ध्वनि'-ले समाचार प्रकाशित गरेर विमल गुरुङ अनि रोशन गिरीको छवि धमिलो बनाउने प्रयास गरेको भन्दै उक्त समाचार प्रकाशित गर्ने गोर्खा ध्वनिले २४ घण्टाभित्र सार्वजनिक माफी माग्नुपर्ने अल्टिमेट दिएपछि आज कानुनी नोटिस पठाइएको रोशन गिरीले एक प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएका छन्। यसका साथै गोर्खा ध्वनिले प्रकाशित गरेर समाचार प्रचार गर्ने सिलगढीका 'एस.पी शर्मा'-लाई पनि कानुनी नोटिस पठाइएको छ।


"गोर्खा ध्वनि" नामक फेसबुक पेजले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ अनि महासचिव रोशन गिरीलाई बदनाम गराउने उदेश्यले जुन खबर आफ्नो पेजबाट सम्प्रेषण गरेको थियो त्यस बापत गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङको पक्षबाट २४ घण्टाभित्र माफी माग्नु पर्ने अल्टिमेटम दिइएको थियो। त्यस अल्टिमेटमको समय पार भईसक्दा पनि उक्त फेसबुक पेजबाट अधिकारिक रुपमा माफी नमागेकोले गर्दा आज नयाँ दिल्लीबाट त्यस पेजको संचालक सम्पादक श्रीमान संजीव दाहाल बिरुद्ध गोर्खा जनमुक्ति मोर्चा पार्टीको पक्षबाट मानहानी मुद्दाको कानुनी प्रक्रिया शुरु गरिएको छ" रोशन गिरीले विज्ञप्तीमा भनेका छन्।
"उक्त खबरलाई बढ़ाई - चढ़ाई गरेर फेसबुकमा सेयर गरेर गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ अनि महासचिव रोशन गिरीको सम्मानमा चोट पुराउन कोशिष गरेको कारणले सिलीगुड़ी निवासी श्रीमान एस.पि. शर्मा बिरुद्ध पनि मानहानी मुद्दाको प्रक्रिया शुरु गरियो" विज्ञप्तीमा भनिएको छ। 

अधिवक्ता प्रेम छेत्री मार्फत पठाइएको उक्त कानुनी नोटिसमा 'गोर्खा ध्वनीले'-ले प्रकाशित गरेका समाचारको कुनै सत्यता नरहेको अनि त्यस समाचारले गोर्खा समुदायका मानिसहरूमा भ्रम सिर्जना भएको बताइएको छ। यसका साथै गोजमुमो संस्थापक अध्यक्ष  विमल गुरुङ अनि रोशन गिरीको छवि विगार्ने कार्य भएको दाबी गरिएको छ। जसको कारण दुवै नेताहरूका नैतिकतामा आघात पुगेको दावी गरिएको छ। समाचार प्रकाशित भएपछि समर्थकहरूले यसबारे  बारम्बार सोधपुछ गरेर भ्रम फैलाउनेहरोइलाई कानुनी कार्वाही गर्नुपर्ने माग गरेपछि नै जनताको मनमा उठेको भ्रम हटाउन कानुनको सहयोग लिइएको पनि लिगल नोटिसमा लेखिएको छ। 

भ्रम सिर्जना गरिएको समाचारलाई समाजिक सन्जालमा वितरण गर्ने सिलगडीमा एस.पी शर्मालाई पनि लिगल नोटिस पठाइएको छ। दुवैलाई जारी गरिएको उक्त लिगल नोटिसको अन्तमा मोर्चा नेता विमल गुरुङ अनि रोशन गिरीलाई समाचारको कारण पुगेको नैतिक आघातलाई मध्यनजर राखेर समाचार सम्प्रेषकले सार्वजनिक माफी माग्नुपर्ने भनिएको छ। यसका साथै उक्त सामाचारलाई प्रत्येक ठाउँबाट हटाउनुपर्ने पनि भनिएको छ। यसको निम्ति २४घण्टाको समय दिइएको छ। यदि आगामी २४ घण्टामा सार्वजनिक माफी नमागे अनि सम्प्रेषण गरिएको समाचार हटाउने कार्य नगरे कानुनी कार्वाही गर्ने लिगल नोटिसमा भनिएको छ। 


No comments:

Post a Comment

Post Bottom Ad