सन्त अगस्तिन स्कुलको आयोजनामा वार्षिक शैक्षिक पुरस्कार समारोह सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 9, 2020

सन्त अगस्तिन स्कुलको आयोजनामा वार्षिक शैक्षिक पुरस्कार समारोह सम्पन्न

गफसफ.com, ९ मार्च २०२०, कालेबुङ ।
सन्त अगस्तिन स्कुलको आज वार्षिक शैक्षिक पुरस्कार समारोह सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिका रूपमा क्लुनी वुमेन्स कलेजकी प्राचार्य सिस्टर डा. पुष्प माइकल उपस्थित रहेकी थिइन्। यसका साथै कार्यक्रममा स्कुलका प्राचार्य फादर जेराड लेप्चा, उप-प्राचार्य फादर भिक्टोर फर्णान्डिस, फादर डेरिक डिसुजा लगायत डा. सामुएल राई उपस्थित रहेका थिए। कार्यक्रममा उपस्थित सबैलाई सन्त अगस्तिन स्कुल प्राथमिक तहकी प्रमुख सेरिना नाम्चुले स्वागत सम्बोधन राखेकी थिइन।
प्राथमिक तहका विद्यार्थीवर्गले स्वागत गीत प्रस्तुत गरेपछि सुरु भएको कार्यक्रममा वर्ष 2019-को शैक्षिक सत्रमा प्राथमिक तहदेखि बाह्रौँ कक्षासम्म प्रथम, दोस्रो अनि तेस्रो हुने विद्यार्थीवर्गलाई पारितोषिक वितरण गरियो। पहिलो चरणमा प्राथमिक तहका विद्यार्थीवर्गलाई शैक्षिक पुरस्कार प्रदान गरियो भने दोस्रो सत्रमा सेकण्डरी तहका विद्यार्थीवर्गलाई पारितोषिक वितरण गरिएको थियो। कार्यक्रममा मुख्य अथितिका रूपमा उपस्थित बनेकी सिस्टर डा. पुष्प माइकलको बाहुलीबाट सबै विद्यार्थीवर्गलाई पुरस्कार प्रदान गरिएको  थियो।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा स्कुलका प्राचार्य फादर जेराड लेप्चाले सन्त अगस्तिन स्कुलले गुणात्मक शिक्षामा ध्यान दिँदै आएको बताउँदै आफुहरूले गुणात्मक शिक्षा प्रदान गर्नलाई कहिल्यै पछि नहटेको बताए। ‘हामीले विद्यार्थीवर्गलाई गुणात्मक शिक्षा दिँदै आएका छौँ। विद्यार्थीवर्गलाई गुणात्मक शिक्षा प्रदान गर्नका निम्ति विद्यालय सञ्चालन पक्षले स्कुलमा प्रत्येक विषयका शिक्षकहरूलाई नियुक्त गरेको छ। जसको कारण सम्बन्धित विषयका ज्ञाता रहेका विद्यार्थीवर्गलाई गुणात्मक शिक्षा दिँदै विद्यार्थीवर्गको भविष्य निर्माणको बाटो बनाइरहेका छौँ। यस कार्यका निम्ति सम्पूर्ण अभिभावक अनि स्कुलका शिक्षकगण बधाईका पात्र छन्’ प्राचार्य फादर जेराड लेप्चाले भने।
यस अवसरमा मुख्य अथितिका रूपमा उपस्थित सिस्टर डा. पुष्प माइकलले शैक्षिक पुरस्कार प्राप्त गर्ने विद्यार्थीवर्गलाई आफ्नो अध्ययन क्षेत्रमा थप प्रोत्साहन प्राप्त हुने बताउँदै अन्य विद्यार्थीवर्ग समेत यस्ता शैक्षिक पुरस्कारहरूले प्रेरित बनेर अध्ययन गर्ने बताइन्। उनले अहिलेका विद्यार्थीवर्गमा धर्य, प्रतिवद्धता अनि अनुशासन जस्ता कुराहरूलाई मन नपराउने मनोवृत्तिको विकास भइरहेको अनि यी कुराहरूबाट अभिभावकवर्ग समेत अनभिज्ञ नरहेको बताउँदै वास्तमा धर्य, प्रतिवद्धता र कठोर अनुशासनले नै विद्यार्थीवर्गलाई भविष्यमा सफल बनाउने बताइन्। ‘शैक्षिक पुरस्कार प्राप्त गर्नेहरूले सफलता कति मिठो हुँदो रहेछ भन्ने कुरा थाह पाए। यसैकारण हामी भित्र रहेको क्षमतालाई चिनेर चिनेर परिश्रम गर्‍यौँ भने जीवनमा यसरी मिठो सफलता प्राप्त गर्नेछौँ’ सिस्टर डा. पुष्प माइकलले भनिन्। यस अवसरमा उनले शैक्षिक पुरस्कार प्राप्त गर्ने विद्यार्थीवर्ग सबैलाई बधाई दिएकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad