कोरोना भाइरसको सङ्क्रमण बड्न नदिन भोलिदेखि रेष्टुरेन्ट, पब, बार आदि बन्द गर्ने राज्य सरकारको निर्देश - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 21, 2020

कोरोना भाइरसको सङ्क्रमण बड्न नदिन भोलिदेखि रेष्टुरेन्ट, पब, बार आदि बन्द गर्ने राज्य सरकारको निर्देश

गफसफ.com२१ मार्च २०२०,कालेबुङ ।
वैश्विक महामारीको रूपमा फैलिएको कोभिक-19 (कोरोना भाइरस) लाई मध्यनजर राखेर पश्चिम बङ्गाल सरकारले रेष्टुरेन्ट, पब, बार, क्लब, नाइट क्लब, हुक्का बार, मसाज पार्लर, अम्युजमेन्ट पार्क, म्युजियम, चिडिया घर भोलिदेखि बन्द राख्ने आदेश दिएको छ। राज्यमा कोरोना भाइरसको सङ्क्रम फैलिन नदिन सरकारले उक्त पाइला चालेको हो। यसबारे सरकारले आज एक आदेश जारी गरेको छ भने उक्त आदेश अनुसार आगामी 31 मार्च 2020 सम्म यी सबै बन्द रहने पनि सरकारले निर्देश दिएको छ।

सरकारले यसभन्दा अघि नै स्वास्थ्य मानिसहरूमा कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरूबाट थप सङ्क्रम फैलिन नदिनलाई कडा निगारानी राखिरहेको छ। जसको निम्ति राज्यका सम्पूर्ण शैक्षिक संस्थानहरू अघिबाटै बन्दको घोषणा गरिसकेको छ भने मानिसहरूना सचेतना गराउने कार्य पनि उत्तिकै गरिरहेको छ।
कोरोना भाइरसद्वारा सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा अन्य मानिसहरू आए यसले महामारीको रूप लिने व्यापक सम्भावना भएको कारण भारत सरकारले देशव्यापी रूपमा महत्वपूर्ण कदम उठाउने कार्यहरू गरिरहेको छ भने राज्य सरकारहरूले पनि उत्तिकै महत्वपूर्ण पदक्षेप ग्रहण गरिरहेको छ। यसक्रममा सरकारले प्रत्येक नागरिक सचेत बनेर सामाजिक सम्पर्कबाट एकार्कलाई दुरत्व बनाएर राख्ने अपिल गरिरहेको छ। सोहिक्रममा सरकारले भोलिदेखि उपर्युक्त सम्पूर्ण बार, रेष्टुरेन्ट लगायतका ठाउँहरूमा मानिसहरू धेरै मात्रमा सम्पर्कमा आउन सक्ने अनि यसबाट सङ्क्रमणको खत्रा बड्न सक्ने भएको कारण आगामी 31 मार्चसम्मलाई यी ठाउँहरू बन्द राख्ने निर्देश जारी गरेको हो।

No comments:

Post a Comment

Post Bottom Ad