गोजमुमो विनय गुटका नेता सन्जय थुलुङमाथि प्राणघातक आक्रमण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 16, 2020

गोजमुमो विनय गुटका नेता सन्जय थुलुङमाथि प्राणघातक आक्रमण

गफसफ.com, दार्जीलिङ १५ मार्च २०२० 

गोर्खा जनमुक्ति मोर्चा (बिनय गुट) केन्द्रिय समिति सल्लाहकार सञ्जय थुलुङमाथी प्राणघातक हमला भएको छ। जसको कारण उनको टाउकोमा चोट लागेर घाइते भएका छन्जा। आइतबार राती आफ्नो घर फर्कीरहेको समय गोरामुमो पार्टीका क्याडरहरूले थुलुङमाथी प्राण घातक हमला गरेको आरोप छ लागेको छ। घाइते थुलुङलाई दार्जीलिङकै एक अस्पतालमा भर्ना गरिएको छ भने हाल उनको उपचार चलिरहेको छ। 

उक्त घट्नाको विरोध गर्दै युवा मोर्चा (विनय गुट) का अध्यक्ष अमृत योञ्जनले घटनाको घोर बिरोध गर्दै दोषीलाई झट्टै पक्राउ गर्नुपर्ने माग गरेका छन्। उक्त आक्रमण गोरामुमो पार्टी समर्थकहरूले गरेको आरोप समेत लगाएका छन्। 

"अहिले संजय थुलुङले पार्टीको काम युद्धस्तरमा गरिरहेका छन्, यो सहन गर्न नसकेर GNLF पार्टीका क्याडरहरु द्वारा  हिज राति युवा मोर्चा केन्द्रिय प्रमुख सल्लाहकार श्री सञ्जय थुलुङलाई मार्ने कोशिश गरियो" अमृत योन्जनले अझ भनेका छन् -"अहिले संजय थुलुङ इडेन हस्पिटलमा सिकिस्त अवस्थामा छन्। संजय थुलुङ जस्तो मृदुभाषी, जाँड रक्सी नखाने, झै-झगडा नगर्नेलाई अनि सम्झाई बुझाई गर्ने व्यक्तिलाई आज राजनैतिक हत्या गर्ने षड्यन्त्र गरियो। यस बिषयमा हामी सबै गम्भिर बनौं।"

No comments:

Post a Comment

Post Bottom Ad