कोराना भाइरसबाट सुरक्षित बन्न बिजुलीको बील अनलाइन बुझाउने विभागको आह्वान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 21, 2020

कोराना भाइरसबाट सुरक्षित बन्न बिजुलीको बील अनलाइन बुझाउने विभागको आह्वान

गफसफ.com, २१ मार्च २०२०,कालेबुङ ।
कोरोना भाइरसको बड्दो सङ्क्रमणबाट बाँच्नलाई विद्युत विभागले उपभोक्ताहरूलाई बिजुलीको बील अनलाइन भुक्तान गर्ने अपिल गरेको छ। पश्चिम बङ्गाल विद्युत वितरक कम्पनी (डब्ल्युईएसइडीसीएल) कालेबुङ डिभिजनका डिभिजनल म्यानेजर फुर्देन सेर्पाले विश्वमा नै बडीरहेको कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्न प्रत्येक नागरिकले सतर्कता अप्नाउँदै बिजुलीको बील अनलाइन भुक्तान गर्न सकिने बताएका छन्।

‘हाम्रा मानिसहरू बिजुली विभागसम्म जडित कार्यहरूको निम्ति अफिसमा नै आउनुपर्ने कुनै बाध्यता छैन। हाम्रो विभागसँग डिजिटल सुविधाहरू उपलब्ध रहेका छन्। यी सुविधाहरू मार्फत जनताले आफ्नो कार्य गर्न सक्नेछन्। जसले गर्दा कोराना भाइरसको सङ्क्रमणको खत्रा हुँदैन’ डिभिजनल म्यानेजर सेर्पाले भने।

उनले विशेष गरेर मानिसहरू बिजुली बील तिर्नका निम्ति दैनिक अफिसमा आउने गरेको भए पनि सरकारले WBSEDCL-को आधिकारिक वेबसाइट (https://www.wbsedcl.in/) मार्फत पञ्जीकरण गर्न सकिने अथवा विद्युत विभागकै मोबाइल एप्लिकेसन विद्युत सहयोगी (Vidyut Sahayogi) मार्फत पनि बील बुझाउन सकिने सुविधा रहेको बताएका छन्। यस लगायत पनि अन्य डिजिटल माध्यमहरूबाट मानिसहरूले घरैमा बसेर बिजुली बील तिर्न सक्ने सुविधा रहेको भन्दै यसले मानिसहरूमा अहिलेको घातक कोरोना भाइरसको सङ्क्रमण वृद्धि हुनबाट बाँच्न सकिने बताएका छन्।
उनले बिजुली विभागसँग अन्य कतिपय कार्यहरू फोन मार्फत पनि जानकारी लिन सकिने सुविधा उपलब्ध रहेको बताउँदै हालको केहि दिनमा सबै सचेत बनेर आफ्नो सुरक्षामा ध्यान दिने आह्वान पनि उनले गरेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad