डुवर्समा गुजमुमो विमल गुट सक्रिय बन्दै; गोजयुमो डुवर्स समन्वय समिति’ गठन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 16, 2020

डुवर्समा गुजमुमो विमल गुट सक्रिय बन्दै; गोजयुमो डुवर्स समन्वय समिति’ गठन

गफसफ.com, १६ मार्च २०२०, डुवर्स ।
गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुट डुवर्समा सक्रिय बन्न सुरु गरेको छ। यसैक्रममा आज गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति प्रवक्ता बी.पी. बजगाईँ , युवा मोर्चा सचिव सञ्जीव लामा अनि युमो प्रवक्ता डा. कुमार नेपालको विशेष उपस्थितिमा ‘गोर्खा जनमुक्ति युवा मोर्चा समन्वय डुवर्स समिति’ गठन गरिएको छ। गोजमुमो डुवर्स समितिका अध्यक्ष मधुकर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा विमल गुरुङ गुटको ‘गोर्खा जनमुक्ति युवा मोर्चा समन्वय डुवर्स समिति’ गठन गरिएको हो। यसबारे गोजमुमो विमल गुरुङ गुटको आधिकारिक फेसबुक पेज मार्फत् जानकारी गराइएको छ।
२०१७ सालको गोर्खाल्याण्ड आन्दोलन पछि डुवर्स क्षेत्रमा साङ्गठनिक मजबुतिको निम्ति अनि माटो मुक्तिको संघर्षलाई टुङ्गोमा पुर्‍याउने ठूलो उदेश्यले युवा एकाईलाई दह्रिलो बनाउनु पर्ने उदेश्यले आज युवा मोर्चा समिति गठन गरेको जानकारी युवा मोर्चा केन्द्रिय समिति सचिव सञ्जीव लामाले एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। उक्त समन्यवय समितिमा मुख्य संयोजक पदमा मन्तोष लामालाई चयन गरिएको छ भने पूर्व डुअर्स संयोजकको पदमा अशोक थापा मंगर, मध्य डुअर्स संयोजकको पदमा किस्मत प्रधान, पश्चिम डुअर्सको संयोजकको पदमा शौरभ पराजुलीलाई राखिएको पनि सञ्जीव लामाले जानकारी दिएका छन्।
डुवर्समा सम्पन्न भएको उक्त सभालाई युमो केन्द्रिय समिति सचिव सञ्जीव लामाले सञ्चालन गरेका थिए। उक्त सभामा डुअर्स समितिबाट सचिवा पुजा राई, कोषाध्यक्ष लक्ष्मी गुरुङ, अमृता राई युवा मोर्चा केन्द्रिय समिति सदस्य रन्जित थापा, केन्द्रिय समिति सदस्य दिपेन निरौला, विद्यार्थी मोर्चा सल्लाहकार सुपेन्द्र प्रधान सामसीङ्ग युवा मोर्चाबाट प्रयास देवानको बिशेष उपस्थिति रहेको थियो। 

No comments:

Post a Comment

Post Bottom Ad