कोरोना भाइरस: आज बेलुकी 4 बजेदेखि 27 मार्चसम्म सम्पूर्ण बन्द रहने राज्य सरकारद्वारा आदेश जारी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 22, 2020

कोरोना भाइरस: आज बेलुकी 4 बजेदेखि 27 मार्चसम्म सम्पूर्ण बन्द रहने राज्य सरकारद्वारा आदेश जारी

गफसफ.com, २३ मार्च २०२०,कालेबुङ ।
कोरोना भाइरस (कोभिड-19) को बड्दो सङ्क्रमणलाई रोक्न भारत सरकार  लगायत प्रत्येक राज्य सरकारहरूले प्रयास गर्दै आइरहेको छ। यस्तो अवस्थामा पश्चिम बङ्गाल सरकारले आज बेलुकी  बजेदेखि 27 मार्च २०२० का दिनसम्म राज्यमा आवश्यक सेवाहरू बाहेक सबै बन्द राख्ने घोषणा गरेको छ।

राज्यका प्रिन्सिपल सेक्रेटरी विवेक कुमारद्वारा जारी गरिएको आदेशमा कोरोना भाइरसबाट बाँच्नका निम्ति सामाजिक दुरत्व बनाएर राख्न आवश्यक रहेको कारण सरकारले उक्त कदम उठाएको बताइएको छ। पश्चिम बङ्गाल सरकारले ‘इपिडेमिक डिजिस एक्ट 1897-को खण्ड 2,3 अनि 4 ले दिएको क्षमता अनुसार प.ब. इपिडेमिक डिजिस, कोभिड-19 रेगुलेसन 2020 अनुसार कोरोना भाइसर सङ्क्रमित हुनबाट बाँच्नलाई उक्त कदम उठाइएको पनि स्पष्ट पारेको छ।
सोहि कानुन अनुसार नै पश्चिम बङ्गाल सरकारले भोलि अर्थात् 23 मार्च 2020 बेलुकी 4 बजेदेखि आगामी 27 मार्च 2020 सम्म शहर अनि ग्रामीण क्षेत्रहरूमा  ‘पूर्णतया सुरक्षा प्रतिबन्ध’ लगाएको छ। यस अवधी कुनै पनि जन समुदाय बोकेर हिँड्ने यान-वाहनहरू, अटो रिक्सा आदिको चलाचल ठप्प रहेनेछ। यसका साथै दोकानपाठ, सम्पूर्ण व्यवसायिक प्रतिष्ठान, कार्यालय अनि कारखाना, गोदामा आदि क्षेत्रहरू पनि बन्द रहने सरकारले घोषणा गरेको छ।
विदेशबाट स्वदेश आएकाहरूलाई सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धि सम्पूर्ण सर्तहरूको पालन गरेर आफैलाई घरभित्रै कोरोन्टाइन अवस्थामा राख्नु भनेको छ। यस अवधी कसैलाई बाहिर निस्कन परेको खण्डमा एकार्कमा सामाजिक दुरत्व बनाएर राख्ने आदेश दिइएको छ। यसक्रममा सरकारले उक्त बन्दको अवधी आपतकालिन सेवाहरूलाई भने छुट दिएको छ।
सरकारले उक्त बन्दको अवधी सार्वजनिक स्थानहरूमा 7 जनाभन्दा अधिक मानिसहरूको भेला हुने कार्यलाई पनि बर्जित गरेको छ। यसक्रममा कुनै कुराको सन्देह भएमा जिल्लापाल, नगरपार्षद यसको सम्बन्धित अधिकारी हुने पनि स्पष्ट उल्लेख गरेको छ। सरकारले जारी गरेको उक्त आदेशलाई पालन गर्नका निम्ति सम्पूर्ण जिल्लापाल, पुलिस अधिकारी, नगरपार्षद आदिलाई निर्देश दिइएको छ। यसक्रममा कुनै व्यक्तिले उक्त सरकारी आदेशको पालन नगरेको खण्डमा भारतीय दण्ड संहिताको धारा 188 अन्तगर्त कार्वाही गर्ने पनि निर्देश दिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad