मङ्पूमा दुई दिवसीय विराट साहित्य महोत्सव हुने; नेपाली साहित्य विमर्शमा भारतभरीका साहित्यकारहरूको जमघट गराउने पहल सुरु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 7, 2020

मङ्पूमा दुई दिवसीय विराट साहित्य महोत्सव हुने; नेपाली साहित्य विमर्शमा भारतभरीका साहित्यकारहरूको जमघट गराउने पहल सुरु

गफसफ.com, ७ मार्च २०२०, मङ्पू। 
साहित्य सिर्जनाको उर्वर भूमि मानिने मङ्पूमा दुई दिवसीय साहित्य महोत्सव हुने भएको छ। आगामी २१ अनि २२ मार्चका दिन मङ्पूमा विराट नेपाली साहित्य महोत्सव आयोजना गरिने आज आयोजक समितिले एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्। मङ्पू साहित्य महोत्सव आयोजना समिति अनि जीटीए सूचना एवम् सांस्कृतिक विभागको आयोजनामा सम्पन्न हुने उक्त दुई दिवसीय विराट साहित्य महोत्सवबारे कवि सुरेन्द्र थीङ अनि कवि कथाकार उदय थुलुङले जानकारी दिएका छन।

दार्जीलिङ प्रेस गिल्ड मङ्पू शाखा कार्यलयमा आउओजित पत्रकार भेलालाई सम्वोधन गर्दै आयोजक समतिका अध्यक्ष उदय थुलुङ, मूलसचिव सुरेन्द्र थीङ,सह-सचिव जगत राई रअनि श्याम सिङ्गौरेले साहित्य  महोत्सव आयोजन गर्नुको महत्त्व खुलाएका छन्। 

पत्रकारहरूलाई सम्बोधन गर्दै स्रष्टा उदय थुलुङ र सुरेन्द्र थीङले आउँदो उक्त साहित्यिक महोत्सवमा मुख्यत पद्मश्री पुरस्कार प्रापक तीनैजना विभूतिलाई महोत्सवमा सहभागी गर्ने कोशिस भइरहेको जनाउँदै मङ्ग्पूमा यो पहिलोचोटि हुनेहुनाले भारतीय नेपाली साहित्यको श्रीवृद्धि र नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्ने दिशामा प्रमुखकडी साबित हुने दाबी गरेका छन्। कार्यक्रममा नेपाली भाषा साहित्यको श्रीवृद्धिमा कार्य गरिरहेका साहित्यकारहरूलाई समावेश गरेर भारतेली नेपाली साहित्यलाई अझ उन्नतिको मार्गमा पुर्‍याउनु रहेको पनि आयोजक समितिले बताएको छ। कार्यक्रममा नेपाली साहित्यको अवस्थानबारे चर्चा परिचर्चासँगै कविता वाचन, कथा पठन अनि अभिसङ्गी पनि दुई दिवसीय कार्यक्रमको मुख्य आकर्षण रहने आयोजक समितिले जानकारी दिएको छ।

 यो महोत्सवमा भारतका सुपरिचित साहित्यकारहरूलाई निम्त्याउन लागेको बताउँदै दुई दिने कार्यक्रममा विचार संगोष्टि,कविता गोष्ठी,गजलगोष्ठि,नवोदित कविगोष्ठी र प्रतियोगिता,पुस्तकविमर्श र प्रदर्शनी तथा गीतसंगीत आदि रहने आयोजक समितिले पत्रकार सम्मेलन मार्फत स्पष्ट पारेका छन्प।

2 comments:

  1. अग्रिम हार्दिक बधाई अनि धेरै धेरै शुभकामना छ।

    ReplyDelete
  2. अग्रिम बधाई अायाेजक समितिलाई ।।

    ReplyDelete

Post Bottom Ad