भूमिगत नेता विमल गुरुङ-रोशन गिरीहरू ममता व्यानर्जीसँग सम्झौता गर्न तयार भन्ने समाचारले सनसनी; विमल गुरुङले प्रकाशित समाचारको गरे खण्डन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, March 6, 2020

भूमिगत नेता विमल गुरुङ-रोशन गिरीहरू ममता व्यानर्जीसँग सम्झौता गर्न तयार भन्ने समाचारले सनसनी; विमल गुरुङले प्रकाशित समाचारको गरे खण्डन

गफसफ.com, ६ मार्च २०२०, कालेबुङ। 

गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष विमल गुरुङ अनि रोशन गिरीहरू त्रीणमूल कङ्ग्रेस पार्टी प्रमुख ममता ब्यानर्जीसँग सम्झौता गर्न तयार रहेको भन्ने समाचारको भूमिगत नेता विमल गुरुङले खण्डन गरेका छन्। एक अनलाइन समाचारले भूमिगत नेता विमल गुरुङ अनि रोशन गिरीहरूको भारतीय जनता पार्टीसँगको विश्वास हराएको दाबीसँगै उनीहरू पार्थ च्याटर्जी मार्फत ममता ब्यानर्जीसँगत सम्झौता गर्न तयार रहेको भन्दै "गोर्खा ध्वनी"-ले प्रकाशित गरेको समाचार आधारहीन रहेको भन्दै विमल गुरुङले एक प्रेस विज्ञप्ती जारी गरेर खण्डन गरेका हुन्।
File Photo
"गोर्खा ध्वनी" नामक एक फेसबुक पेजमा बिभिन्न भ्रामक तथ्यहरु दिएर म लगायत महासचिव रोशन गिरी लाई बदनाम गराउने जुन षड़यन्त्र गरिएको छ त्यस कार्यको म घोर भत्सर्ना जनाउँछु" - विमल गुरुङले भनेका छन्।

उनले उक्त समाचार जाति विरोधी तत्वहरूको कार्य हो भन्दै भाजपासँगको गठबन्धनद्वारा जातिको मुद्दा फत्ते हुनै लागेको समयमा यस्तो चाल चलेको आरोप पनि लगाएका छन्। "भाजपासंग हाम्रो जुन गठबन्धन छ र यो गठबन्धनको माध्यमद्वारा हाम्रो जातिको मुद्दा फत्ते हुनै लागेको बेला यो कतिपय जाति बिरोधी तत्वहरुले खेलेको चाल हो। मैंले आफ्नो सबैकुरा जातिको निम्ति गुमाई सकेको छु - मेरो आफ्नो भन्ने अहिले के नै पो रहेको छ र? जातिको निम्ति मैंले आफ्नो सर्वस्व गुमाइसकेको छु यसर्थ जातिलाई गद्दार गर्नेहरु र जातिको निम्ति षड़यन्त्र गर्नेहरुसंग म कहिल्यै सम्झौता गर्न सक्तिन। कसैले यस्तो सोंच्नु र भ्रामक अपप्रचार गर्नु म एकदमै निन्दनिय ठान्दछु" विमल गुरुङले भनेका छन्। 

यसक्रममा उक्त समाचार प्रकाशित गर्ने "गोर्खा ध्वनी"-का संचालक सम्पादकले यस विषयमा २४ घण्टाभित्र माफी माग्नुपर्ने माग गर्दै यदि माफी नमागे मानहानीको मुद्दा लगाउने पनि विमल गुरुङले विज्ञप्तीमा भनेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad