#BREAKING NEWS - LIVE: कोरोना भाइरससण जुझ्न देशव्यापी लकडाउनको घोषणा – प्रधानमन्त्री मोदीले भने –’21 दिन देशव्यापी लकडाउन हुनेछ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 24, 2020

#BREAKING NEWS - LIVE: कोरोना भाइरससण जुझ्न देशव्यापी लकडाउनको घोषणा – प्रधानमन्त्री मोदीले भने –’21 दिन देशव्यापी लकडाउन हुनेछ’

गफसफ.com, २४ मार्च २०२०,नयाँ दिल्ली 
कोरोना भाइरससँग जुझ्न प्रधानमन्त्री नरेन्द्र मोदीले 21 दिनको देशव्यापी लकडाउनको घोषणा गरेका छन्। उनले यो 21 दिन महत्वपूर्ण रहेको बताउँदै यदी 21 दिनसम्म यसलाई रोक्न नसके देश नै 21 वर्ष पछि पर्ने अनि यसले धेरै परिवारलाई प्रभावित पार्ने भन्दै सबै देशवाशीले बुझेर यो समय आफ्नो घरबाट ननिस्कनु भनेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका मुख्या बुँदाहरू -

कोरोना भाइसर : आज राती 12 बजेदेखि देशव्यापी लकडाउन – प्रधानमन्त्री मोदी
यो एकप्रकारको कर्फ्यु नै हो
जनता कर्फ्यु भन्दा एक कदम अघाडी हो
कोरोना भाइरससँग निर्णायक लडाई लड्न यो पहल हो
देशमा जो-जो जहाँ छन् त्यहाँ नै बस्नु।
यो लकडाउन तीन सप्ताह (आगामी 21 दिन) को निम्ति हुनेछ।
21 दिनमा हालत सुध्रिन भने यो देश 21 वर्ष पछि पर्नेछ।
घरमा बस्नुहोस् अनि घरको कार्य गर्नुहोस्। यो लकडाउनले घरको दैलोमा एउटा लक्षमण रेखा कोरोदिएको छ।
कोरोनासँग लड्ने अन्य देशहरूको अनुशरणबाट सिकेका हौँ। कतिपय देशका बासिन्दाहरू घरबाट निस्केनन् जसको परिणाम उनीहरू यो सङ्क्रमणबाट बाहिर निस्कन्दैछन्। हामी पनि सरकारको आदेश मानेर घरबाट निस्कनु हुँदैन। जेसुकै भएपनि घरबाट निस्कनु हुँदैन।
सामाजिक दुरत्वबाट मात्रै कोरोनाबाट बाँच्न सक्नेछौँ।
तपाईँहरू घरमा बसेर तपाईँहरूको निम्ति कार्यमा जुटेका वास्थ्यकर्मी, मिडियाकर्मी, पुलिस, सेना सबैलाई सोँच्नेर प्रार्थना गर्नुहोस्।
आवश्यक सामाग्रीहरूको कमी हुनेछैन। गरीबहरूका निम्ति सरकार सहयोगका निम्ति तयार छन्।
स्वास्थ्य सुविधाको निम्ति केन्द्र सरकारले कार्य गरिरहेको छ।
देश अनि सम्पूर्ण राज्यहरूको पहिलो प्राथमिकता स्वास्थ्य सेवा हुनेछ।

चिकित्सकको परामर्श बिना कुनै पनि औषधी लिनु आफैलाई खत्रा हो। यसकारण उचित दवाई मात्र सेवन गर्नु ठिक हो। 

No comments:

Post a Comment

Post Bottom Ad