कोरोना भाइरससँग जुझ्न सांसद राजु विष्टले संसदीय कोषबाट दिए 50 लाख - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 24, 2020

कोरोना भाइरससँग जुझ्न सांसद राजु विष्टले संसदीय कोषबाट दिए 50 लाख

गफसफ.com, २४ मार्च २०२०, कालेबुङ ।
वैश्विक महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-19) लाई लिएर दार्जीलिङका भाजपा सांसद राजु विष्टले सांसद कोषबाट 50 लाख रूपियाँ जिल्लापाल मार्फत् अनुमोदन गरेका छन्। सांसद राजु विष्टले सांसद कोषबाट दार्जीलिङ लोकसभा समष्टि क्षेत्रमा कोरोना भाइरस जाँच गर्ने विविध स्वास्थ्य सामाग्री किन्न, जिल्ला अनि खण्ड स्तरीय अस्पतालहरूको क्षमता विकास लगायत स्वास्थ्य समाग्रीहरू किन्नका निम्ति प्रयोग गर्ने सांसद राजु विष्टले आदेश दिएका छन्।
आफ्नो संसदीय क्षेत्र दार्जीलिङका मानिसहरू वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको चपेटमा पर्न अघि नै स्वास्थ्य सम्बन्धी सचेतना अप्नाउनुपर्ने पनि उनले बताएका छन्। यसक्रममा सांसद विष्टले यस वैश्विक महामारी कोरोना भाइरसले यदि कसैलाई सङ्क्रमित भएको आफ्नो संसदीय कोषबाट उचित सामाग्रीहरू किने प्रयोग गर्ने पनि उनले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad