कोरोना भाइरसको चपेटमा टोकियो ओलम्पिक; एकवर्षको निम्ति स्थगितको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 24, 2020

कोरोना भाइरसको चपेटमा टोकियो ओलम्पिक; एकवर्षको निम्ति स्थगितको घोषणा

गफसफ.com, २४ मार्च २०२०,टोकियो ।
वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण टोकियो ओलम्पिक-2020 रद्द भएको छ। यसभन्दा अघि जापानका प्रधानमन्त्री अनि अन्ताराष्ट्रिय ओलम्पिक समिति (आओसी) का प्रमुख माझ वैश्विक महामारी कोरोना भाइरसको कारण टोकियो ओलम्पिक 2020 लाई एक वर्षका निम्ति स्थगित गर्ने सहमती भएको छ।
जापानका प्रधानमन्त्री सिञ्जे आबेले टोकियो ओलम्पिक 2020 लाई एक वर्षका निम्ति स्थगित गर्ने अनुरोध गरेको बताए। ‘मैले ओलम्पिक खेललाई एकवर्ष पछि गर्ने अनुरोध गरेपछि आईओसी अध्यक्ष थामस बाकले यस प्रस्तावलाई सय प्रतिशत सहमती जनाए’ सिञ्जे आबेले भने। खेलहरूको महाकुम्भ मानिने ओलम्पिक खेल एकवर्षको निम्ति स्थगित भएपछि आयोजक देश जापनलाई ठूलो झट्का लागेको छ।
टोकियो ओलम्पिक 2020 लाई लिएर जोडदार तयारीमा जुटेको जापानको सुरुआतदेखि नै सराहना हुँदै आएको थियो। यस्तो अवस्थामा खेलहरूको टिकट समेत बिक्री सुरु भइसकेको थियो। कोरोना भाइरसको कारण चारवर्षमा एकपल्ट आयोजना हुने ओलम्पिक खेल यसवर्ष आगामी 24 जुलाई देखि सुरु हुने भयो थियो। तर वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण खेलाडीहरूको सुरक्षालाई लिएर आखिरमा आयोजक देश जापन अनि ओलम्पिक एसोसिएसनले उक्त निर्णय लिएको हो।

No comments:

Post a Comment

Post Bottom Ad