मल्ली गोलीकाण्डका 7 जना आरोपीहरू पक्राउ; मुख्य आरोपी कुणाल प्रधान फरार, पुलिसद्वारा खोजी अभियान तिव्र - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 11, 2020

मल्ली गोलीकाण्डका 7 जना आरोपीहरू पक्राउ; मुख्य आरोपी कुणाल प्रधान फरार, पुलिसद्वारा खोजी अभियान तिव्र

गफसफ.com, ११ मार्च २०२०, कालेबुङ ।
सिक्किम बङ्गाल सिमा क्षेत्र राष्ट्रिय राजमार्ग १० अन्तर्गत मल्लीमा भएको गोलिकाण्डको घट्नामा संलग्न रहेका 7 जनालाई पुलिसले पक्राउ गरेको छ। यद्यपी उक्त गोलिकाण्डका मुख्य आरोपी कालेबुङ नगरपालिकाको नगरपार्षद कुणाल प्रधान भने अहिलेसम्म पुलिसको पञ्जामा पर्न सकेको छैन। गोलिकाण्डको घट्नामा संलग्न रहेको आरोपमा पुलिसले सन्तोष भुजेल, सुकमान राई, सन्तोष राई, दिलिप पासवान, डुकछिरिङ भोटिया, अभिनय राई अनि राजु तामङलाई पक्राउ गरेको छ भने सातैजना आरोपीहरूलाई आज कालेबुङ न्यायलयमा पेश गरिएको थियो।
पक्रा परेकाहरू मध्ये सन्तोष भुजेल, सुकमान राई, सन्तोष राई, दिलिप पासवान विरुद्ध भारतीय दण्ड संहिताको धारा 25 (आई)ए 25/35 आर्म्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरेर कानुनी कार्वाही सुरु गरेको छ। यसका साथै घट्ना स्थलबाटै पक्रा पर्नेहरूमा क्रमैले डुकछिरिङ भोटिया, अभिनय राई अनि राजु तामङ विरुद्ध भारतीय दण्ड संहिताको धारा 326 अनुसार अपराधिक गतिविधीमा हतियारको प्रयोग,  हत्याको प्रयासमा धारा 307 अनि 34 अन्तर्गत मुद्दा दर्ता गरेर कानुनी कार्वाही सुरु गरेको छ।
मल्ली क्षेत्रमा दिउँसै दुई समुहमाझ झगडा भएपछि एकार्कमा झगडा हुँदै गोलि समेत चलेपछि पुरण मगर अनि पेम्बा तामङलाई गोलि लागेर घाइते बनेका छन्। जसको मुख्य आरोप कालेबुङका नगरपार्षद कुणाल प्रधानमाथि लागेको छ भने उनी आजसम्म पक्रा पर्न सकेका छैनन्। यता घट्नापछि पुलिसले सक्रियता अप्नाउँदै घट्नामा संलग्न रहेको आरोपमा सातजनालाई पक्राउ गरेर आज न्यायलयमा पेशी गरेको थियो भने ती मध्ये चारजनालाई तीनदिनको पुलिस रिमाण्डमा लिएर अवैद्य हतियार राखेको विषयमा थप सोधपुछ सुरु गरेको छ।
यता उक्त घट्नाबारे आज कालेबुङ जिल्ला पुलिसका अतिरिक्त पुलिस अधिक्षक एस.एस अजिमले पत्रकारहरूलाई जानकरी दिँदै कालेबुङका नगरपालिकाको नगरपार्षद कुणाल प्रधान, उज्जवल प्रधान, किरण तामङ, अङ्कित खवास, राजु तामङ, डुकछिरिङ भोटिया, अभिराज राई, सन्तोष भुजेल आदिको नाउँमा लिखित प्राथमिकी दर्ता भएको बताउँदै उनीहरूले स्थानीय मानिसहरूसँग बहस गर्दा गर्दै त्यसै बहसको क्रममा कुणाल प्रधानले गोलि चलाएको बताएका छन्। जसको कारणले दुईजना व्यक्तिहरू पुरण मगर अनि पेम्बा तामङलाई गोली लागेर घाइते बनेको आधिकारिक पुष्टि गरेका छन्। हालमा दुवै घाइतेहरूको अवस्था समेत खत्रादेखि बाहिर रहेको पनि अतिरिक्त पुलिस अधिक्षक एस.एस अजिमले जानकारी दिएका छन्।
‘मल्लीमा गोलि चलेको घट्नाको सिलसिलामा पुलिसले जाँच कार्य आरम्भ गरेको छ अनि यसमुद्दामा तीनजना आरोपीहरू पक्राउ गरिएको छ। कुणाल प्रधान जो मुख्य आरोपी हुन् उनी हाल फरार छन् जसको खोजी अभियान पुलिसले चलाइरहेको छ’ अतिरिक्त पुलिस अधिक्षक एस.एस अजिमले अझ भने –‘हामीले घट्नापछि पुलिस नाका लगाएर जाँच कार्य आरम्भ गरेका थियौँ। नाका जाँचकै क्रममा एउटा थार वाहनमा चढेर चारजना व्यक्तिहरू क्रमैले सन्तोष भुजेल, सुकमान राई, सन्तोष राई, दिलिप पासवान आइरहेका थिए उनीहरूलाई पनि पुलिसले पक्राउ गरेको छ। उनीहरूले विभिन्न प्रकारका हात हतियार बोकेका थिए जसबारे सोधपुछ गर्दा उचित जवाब दिन नसक्दा पक्राउ गरेर उनीहरू विरुद्ध पनि आर्म्स एक्टमा मुद्दा दर्ता गरिएको छ।’
उनले पक्रा परेका सबै आरोपीहरूलाई न्यायलयमा पेश गरेपछि पुलिस रिमाण्डको निम्ति अर्जी गरेपछि न्यायलयले चारजनालाई तीनदिनको पुलिस रिमाण्डमा पठाएको जानकारी दिएका छन्। यसक्रममा अतिरिक्त पुलिस अधिक्षकले घट्नालाई गम्भीरतापूर्वक लिएर जाँच कार्य गरिरहेको बताउँदै मुख्य आरोपी कुणाल प्रधान पनि चाँढै पक्राउ पर्ने दाबी गर्दै हाल जानकारी पाएका ठाउँहरूमा रेड गर्ने कार्यहरू पनि जारी राखेको उनले बताएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad