गोर्खाल्याण्ड गठनको पक्षधर मानिने सर्जिकल स्ट्राइक प्रमुख लेफ्टिनेन्ट जेनरल डी.एस. हुड्डासंग भागोप प्रतिनिधि टोलिको भेट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 12, 2020

गोर्खाल्याण्ड गठनको पक्षधर मानिने सर्जिकल स्ट्राइक प्रमुख लेफ्टिनेन्ट जेनरल डी.एस. हुड्डासंग भागोप प्रतिनिधि टोलिको भेट

गफसफ.com, १२ मार्च २०२०, कालेबुङ ।
भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामङको नेतृत्वमा उत्तरपूर्वी क्षेत्रका प्रतिनिधीहरू क्रमैले याम घिमिरे अनि लाकपा लामाको टोलिले सर्जिकल स्ट्राइक प्रमुख लेफ्टिनेन्ट जेनरल डी.एस. हुड्डासंग भेट गरेको छ। भागोप प्रतिनिधी टोलिले हुड्डालाई दिल्ली स्थित उनकै निवास स्थानमा भेट गरेर गोर्खाहरूको राष्ट्रिय परिचयको सङ्कटलाई उचित पहल गरिदिने आह्वान गरेको छ। यसबारे भागोप राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामङले जानकारी दिएका छन्।

‘जेनरल हुड्डा भारतीय राष्ट्रिय सुरक्षा रणनीतिक रिपोर्ट (2019) का लेखक हुन् अनि उनले उक्त रिपोर्टमा उत्तरपूर्वी क्षेत्रका विषयमा विस्तृत चर्चा गरेका छन्’ मुनिष तामङले भेटघाट पछि भनेका छन्।
‘जेनरल हुड्डाले यसभन्दा अघि नै गोर्खाल्याण्ड समस्यालाई समाधान गर्नुपर्ने सुझाव दिएका थिए। “गोर्खाल्याण्ड मुद्दालाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट हेरेर समाधान गरिनुपर्छ न कि राजनैतिक नाफा हेरेर होइन” भन्ने कुरा हुड्डाले लेखेका छन्’ मुनिष तामङले थप भने। हुड्डा छुट्टै राज्य गोर्खाल्याण्डको समर्थनमा रहेको बताउँदै उनको अघिल्लो रिपोर्टले यस मुद्दालाई टेवा पुगेको भन्दै आगामी पहलको पनि टोलिले आह्वान गरेको तामङले बताएका छन्।

यसक्रममा उनले गोर्खाल्याण्डको मुद्दालाई सम्बोधन गरेवापत जेनरल हुड्डालाई आभार दिएका छन्। उक्त भेटघाटको क्रममा जेनरल हुड्डाले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामाथि आफुहरूले बारम्बार सरकार अनि सरकारका नीति निर्धारण गर्नेहरू समक्ष आवाज उठाउने आश्वासन दिएको पनि तामाङले जानकारी दिएका छन्।
‘भारतीय गोर्खा परिसंघ सम्पूर्ण हितधारकहरूसँग मिलेर स्थायी राजनैतिक समाधानको निम्ति विस्तृत तरिकाले कार्य गर्न चाहन्छ’ मुनिष तामङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad