मल्लीमा बन्दुक पड्काउने नगरपार्षद कुणाल प्रधान गोजमुमो पार्टीबाट निस्कासित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 10, 2020

मल्लीमा बन्दुक पड्काउने नगरपार्षद कुणाल प्रधान गोजमुमो पार्टीबाट निस्कासित

गफसफ.com, १० मार्च २०२०, कालेबुङ ।
सिक्किम बङ्गाल सिमा क्षेत्र मल्लीमा दिउँसै गोली हान्ने कालेबुङ नगरपालिकाको नगरपार्षद कुणाल प्रधानलाई पार्टीबाट पूर्णरूपले निस्कासित गरेको छ। मल्ली सार्वजनिक भवनमा सभा चलिरहेको समय झगडा भएपछि उनले गोली चलाउँदा दुईजना स्थानीय बासिन्दा पुरण मगर अनि पेम्बा तामङलाई गोली लागेर घाइते भएपछि नगरपार्षद कुणाल प्रधानलाई पार्टीबाट निस्कासित गरिएको हो।
घाइतेहरू क्रमैले पुरण मगर (देब्रे), पेम्बा तामङ (माझमा) अनि आरोपी कुणाल प्रधान (दाहिने)
गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) मा रहेका कुणाल प्रधान हालमा पार्टीले गरेको अनुशासनात्मक कार्वाही परेर तीन महिनाको निलम्बनमा रहेका थिए। गत 29 जनवरीका दिन राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टिस्टामा उनले पार्टीका कार्यकर्ताहरूसँग झगडा गरेपछि पार्टीबाट उनलाई तीन महिनाको निलम्बन गरेको थियो। पार्टीबाट अगावै अनुशासनात्मक कार्वाहीमा परेका नगरपार्षद कुणाल प्रधानले आज पुन: राष्ट्रिय राजमार्ग 10 अन्तर्गत मल्लीम गोलि चलाएर स्थानीय दुईजना युवाहरूलाई घाइते बनाएपछि पार्टीले उनलाई तत्कालै कार्वाही गर्दै साधरण सदस्यबाट पनि पूर्णरूपले निस्कासित गरेको छ।
उक्त घट्नापछि गोजमुमो अध्यक्ष विनय तामङ अनि महासचिव अनित थापाले आपतकालिन वैठक डाकेर प्रधानलाई पार्टीको साधरण सदस्यता समेत खारेज गर्दै उनलाई पूर्णरूपले निस्कासित गरेको हो। यसबारे पार्टीका अध्यक्ष विनय तामङले जानकारी दिएका छन्।
‘कालेबुङका वार्ड पार्षद कुणाल प्रधान अनि उनका साथीहरूले अन्धाधुन्धा गोलि चलाउँदा दुईजना घाइते भएका छन्। उनी एकजना जिम्मेवार पदमा आसिन व्यक्ति हुन्। उनी गोजमुमो पार्टीका सदस्य हुन्। गत् 29 जनवरीको दिन टिस्टामा मेरै उपस्थितिमा उनले झगडा गरेको कारण उनलाई पार्टीबाट तीन महिनाको निम्ति निलम्बन गरेका थियौँ। आज पुन: उनले मल्लीमा गरेर गोलि चलाउने कार्य गरेका छन्। यसैकारण आज हामीले आपतकालिन वैठक गरेर कुणाल प्रधानलाई गोजमुमो (विनय गुट) बाट आजीवन निस्कासित गर्दछौँ’ विनय तामङले भने।
उनले आजको घट्नालाई लिएर आफुले पुलिस प्रशासनसँग सम्पर्क गरेर दोषीहरूलाई झट्ट पक्राउ गर्नुपर्ने माग गरेको पनि बताएका छन्। ‘आजको घट्नामा सम्पूर्ण दोषीहरूलाई पक्राउ गर्नुपर्छ। यसका साथै कुणाल प्रधानलाई पनि पक्राउ गरेर अवैद्य हतियार बोकेको मुद्दामा उनलाई कानुन अनुसार उचित कार्वाही गर्नुपर्छ’ विनय तामङले भने।
दार्जीलिङ पहाडमा आफुहरूले शान्ति स्थापनाको निम्ति कार्य गर्दै आएको अवस्थामा आफ्नै पार्टीका कार्यकर्ताहरूले यस्तो अशान्ति फैलाउने कार्यलाई पटक्कै सहन नगरिने पनि उनले स्पष्ट पारेका छन्। ‘हाम्रो पार्टीमा समाजका कुतत्वहरूलाई पटक्कै स्थान रहनेछैन। यस्ता व्यक्तिहरूलाई पुलिसले झट्टै कार्वाही गर्नुपर्छ’ विनय तामङले भने। यसक्रममा उनले घट्नामा घाइते बनेका दुवैलाई सम्पूर्ण उपचार्य खर्च बेहोर्ने पनि बताएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad