जीटीए बोर्ड अध्यक्ष अनित थापाद्वारा नानीहरूलाई खाद्यान्न वितरण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 23, 2020

जीटीए बोर्ड अध्यक्ष अनित थापाद्वारा नानीहरूलाई खाद्यान्न वितरण

गफसफ.com, २४ मार्च २०२०,कालेबुङ ।
पहाड़मा कोरोना भाइरसको त्रासले मानिसहरूलाई सताईरहेको छ। कोरोना भाइरससित जुँझ्न र मानिसहरूलाई सचेत बनाउन जीटीएले एडभाईजरी जारी गरिसकेको छ। यसै बीच हिज बेलुकी 4 बजेदेखि 27 मार्चसम्मको लागि लक डाउनको घोषणा सुरु भइसकेको छ। कोरोनासित सचेत बन्न र मानिसहरूमा सङ्क्रमण फैलिन अघि नै अप्नाउनु पर्ने सावधानीहरू नै-अचूक औषधि रहेको र सबैलाई सचेत र सजग बन्ने आह्वान् जीटीएले गरिरहेको छ।
यस्तो स्थितिमा पहाड़मा खाद्यान्न संकट नआयोस् भनेर जीटीए क्षेत्रका लागि विशेष पहल गरिएको छ। यसै बीच आज जीटीए बोर्ड अध्यक्ष अनित थापाद्वारा दार्जीलिङका नारीहरूलाई खाद्यान्न वितरण गरिएको छ। कोरोना भाइरसको सङ्क्रमणको त्रास बडिरहेको अवस्थामा मानिसहरूमा खाद्यन्नको अभाव नहोस् भन्ने चाहनाले नानीहरूको लागि भनेर जीटीए चेयरम्यानद्वारा विशेष रूपमा खाद्यान्न वितरण सुरु गरिएको एक विज्ञप्तीमा जनाइएको छ।
 उक्त खाद्यान्न दार्जीलिङका विभिन्न क्षेत्रहरूमा वितरण गरिसकेको छ। कोरोना भाइरससित एकजुट भएर अघि आउन र सबैलाई सचेत गराउन जीटीएको तर्फबाट दार्जीलिङको विभिन्न क्षेत्रहरूमा खाद्यान्न वितरण कार्य सुरु गरिएको थप विज्ञप्तीमा बताइएको छ।

No comments:

Post a Comment

Post Bottom Ad