पश्चिम बङ्गालमा कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु; सङ्क्रमणलाई रोक्न राज्यमा लकडाउन सुरु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 23, 2020

पश्चिम बङ्गालमा कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु; सङ्क्रमणलाई रोक्न राज्यमा लकडाउन सुरु

गफसफ.com, २३ मार्च २०२०,कोलकोता ।
पश्चिम बङ्गालमा कोरोना भाइरसको कारण पहिलो मृत्यु भएको छ। आज दिउँसो 55 वर्षिय एक व्यक्तिको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ। उनी कोलकोता सल्टलेक स्थित आम्री अस्पतालमा भर्ना भएका थिए। उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। उनको मृत्युसँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेहरूको सङ्ख्या 9 पुगेको छ।

कोरोना सङ्क्रमित व्यक्तिको अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार चलिरहेको थियो। प्राप्त जानकारी अनुसार गत 13 मार्चका दिन उक्त व्यक्ति सर्दी अनि ज्वरोको लक्षण देखा परेको थियो। उनलाई 16 मार्चका दिन श्वास प्रश्वासमा असुविधा भएको कारण उनलाई आम्री अस्पतालमा भर्ना गरिएको थियो। यसैक्रममा 19 मार्चका दिन उनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो। बेलियाघाट नाइसेडमा उनको रगतको नमुना लिएर जाँच गरिएको थियो जुन जाँचमा उनी कोरोना अङ्क्रमित भएको पुष्टि भएको हो। जसपछि उनलाई विशेष आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो भने स्वास्थ्य खराब भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। जहाँ आज उनको मृत्यु भएको हो।
कोरोना भाइरसकै कारण राज्यमा पहिलो मृत्यु भएपछि राज्यको स्वास्थ्य विभागमा चिन्ता बडेको छ। यता मुख्यमन्त्री ममता ब्यानर्जीले प्रशासनलाई सतर्कता कठोरसँग अप्नाउनुपर्ने निर्देश दिएकी छन्।
स्मरण रहोस्, बङ्गालमा कोरोना भाइरसको सङ्क्रमण हुनेहरूको सङ्ख्या 8 जना पुगेको छ। यसमध्ये एकजनाको मृत्युपछि अब राज्यमा 7 जना सङ्क्रमित छन् जसको बेलियाघाट आईडी अस्पतालमा भर्ना गरेर उपचार चलिरहेको छ। जसमध्ये लन्दनबाट आएका 22 वर्षिय युवक सङ्क्रमित छन् भने उनको आमा-बाबु अनि घरेलु कार्य गर्ने व्यक्ति पनि सक्रमित छन्।
यसका साथै 18 वर्षिय अर्को युवक पनि लन्दबाट आएका थिए भने उनलाई पनि कोरोना सङ्क्रमित भएको पुष्टि भइसकेको छ। यसक्रममा स्कटल्याण्डबाट आएकी 23 वर्षिय युवतीलाई पनि कोरोना पोजेटिभ पाइएको छ। उनीहरू सबैको हालमा उपचार चलिरहेको छ भने हालमा सबैको स्वास्थ्य स्थीर रहेको बताइएको छ।

1 comment:

Post Bottom Ad