कोरोना भाइरस: जीटीए क्षेत्रका चियाकमानहरू आगामी 31 मार्चसम्म बन्द राख्ने आह्वान, बन्द अवधीको दैनिक ज्याला कटौती नगर्ने अनित थापाको आह्वान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 23, 2020

कोरोना भाइरस: जीटीए क्षेत्रका चियाकमानहरू आगामी 31 मार्चसम्म बन्द राख्ने आह्वान, बन्द अवधीको दैनिक ज्याला कटौती नगर्ने अनित थापाको आह्वान

गफसफ.com, २२ मार्च २०२०,कालेबुङ ।
जीटीए बोर्ड अध्यक्ष अनित थापाले दार्जीलिङ टी एसोसिएसनलाई पत्रचार गरेर चिया कमानहरूमा कोरोनाको सङ्क्रमण फैलिन नदिनलाई लकडाउन पूर्णरूपले पालन गरिदिने अपिल गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई महामारीको घोषणा गरिसकेको अवस्थामा भारतमा मात्रै अहिले 9 जनाको मृत्यु भइसकेका छन्। यसैकारण दार्जीलिङ अलि कालेबुङ जिल्ला अधिनस्थ रहेका चिया कमानका श्रमिकहरू कोरोनाले सङ्क्रमित नहोस् भने उनले कार्यमा रोक लगाउने अपिल गरेका हुन्।

‘दार्जीलिङ अनि कालिम्पोङका चिया बगानमा कार्यरत श्रमिकहरू कोरोना भाइरसले संक्रमित हुन्छन् कि भन्ने आशङ्काले म चिन्तित छु। जीटीएले यी श्रमिकलाई वितरण गर्न मास्क अनि सेनिटाइजरको व्यवस्था गरी सकेको भएता पनि  उनीहरूको  एकार्काको नजदिकमा रहेर काम गर्ने तरीकाले  मलाई संक्रमण को आशंका छ’ अनित थापाले भनेका छन्।
हालमा पश्चिम बङ्गाल राज्यभरी लागु गरिएको लकडाउन दार्जीलिङ अनि कालेबुङमा पनि सुरु भएको बताउँदै उनले आगामी 31 मार्चसम्म सम्पूर्ण चियाकमानहरू बन्द राखिदिने अपिल गरेका हुन्। ‘दार्जीलिङ टी एशोसिएसन लाई म अपिल गर्छु कि जीटी क्षेत्रका सम्पूर्ण चिया बगान ३१ मार्च सम्म बन्द गरीदिया जाओस्। बन्दको समय कुनै पनि श्रमिक, आफूले पाउने दैनिक मजदुरी भुक्तान  देखि वञ्चित नबनोस्’ थापाले भनेका छन्।
उक्त बन्दको अवधी श्रमिकहरूलाई उनीहरूको दैनिक ज्यालामा कटौती नगर्ने पनि उनले आह्वान गरेका छन्। औधोगिक विवाद कानुन्, 1947-को आधारमा कुनै पनि श्रमिकलाई प्राकृतिक आपदाको समय छुट्टी दिइने प्रावधान रहेको भन्दै सोही कानुन अनुसार श्रमिकहरूको ज्याला कटौती नगर्ने थापाले आह्वान गरेका छन्।
‘चिया श्रमिकहरु यो भाइरस को संक्रमण देखि संवेदनशिल छन्। श्रमिकहरूको सुस्वास्थ्यलाई मध्यनजरमा  राखेर टी प्रसाशन लाई अपिल गर्दछौ कि लकडाउनको समय अवधि भरी चिया बगान पनि बन्द गरियोस’ जीटीए वोर्ड अध्यक्ष अनित थापाले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad