मल्ली गोलिकाण्ड : मुख्य आरोपी कुणाल प्रधानलाई अदालतले पठायो चार दिनको पुलिस रिमाण्डमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 15, 2020

मल्ली गोलिकाण्ड : मुख्य आरोपी कुणाल प्रधानलाई अदालतले पठायो चार दिनको पुलिस रिमाण्डमा

गफसफ.com, १५ मार्च २०२०, कालेबुङ ।
मल्ली गोलिकाण्डका मुख्य आरोपी कुणाल प्रधानलाई अदालतले चारदिनको पुलिस रिमाण्डमा पठाएको छ। गत 10 मार्चका दिन मल्लीमा दिउँसै गोलि चलाएर दुईजनालाई घाइते बनाएपछि फरार रहेका आरोपी कुणाल प्रधानले हिज बेलुकी मात्र कालेबुङ पुलिस थानामा आएर आत्म समर्पण गरेका थिए। त्यसपछि उनलाई पुलिसले पक्राउ गरेको थियो भने आज उनको स्वास्थ्य जाँचपछि अदालतमा पेश गरिएको थियो। जहाँ अदालतले आरोपी कुणाल प्रधानलाई चार दिनको पुलिस रिमाण्डमा पाठाएको छ।

गोलिकाण्डका मुख्य आरोपी कुणाल प्रधान विरुद्ध पुलिसले भारतीय दण्ड संहिताको धारा 326 अनुसार अपराधिक गतिविधीमा हतियारको प्रयोग, हत्याको प्रयासमा धारा 307 अनि 34 लगायत RW sec 25(i)a 25/35 अन्तर्गत मुद्दा दर्ता गरेर कानुनी कार्वाही सुरु गरेको छ। उनलाई आज यहाँको एडिसनल चिफ जुडिसियल म्याजिस्ट्रेटको कोर्टमा पेश गरिएको थियो भने पुलिसले घट्नाको सत्यतथ्य पत्तो लगाउन अदालत समक्ष रिमाण्डको अर्जी चडाएको थियो। जुन अर्जीलाई ध्यानमा राख्दै पुलिसले जाँचको निम्ति कुणाल प्रधानलाई चार दिनको पुलिस रिमाण्डमा पठाएको हो।

गोलिकाण्डको पाँचदिनसम्म फरार रहेर अन्तमा पुलिस थानामा नै आएर आत्मसमर्पण गर्ने कुणाल प्रधानले थानामा आत्मसपर्ण गर्न अघि आफुलाई पोलिटिकल भिक्टिमाइज गरेको बयान दिएका थिए। यसक्रममा उनले मल्ली गोलिकाण्डकै मुद्दामा आफुले आत्मसर्पण गरेको भए पनि आफ्नो जिम्मा पुलिस प्रशासनले लिनुपर्ने समेत बताइसकेका छन्।
स्मरण रहोस्, गत 10 मार्चका दिन सिक्किम बङ्गाल सिमा क्षेत्र मल्लीमा दिउँदै गोलि चलेपछि दुईजना व्यक्तिहरू क्रमैले पुरण मंगर अनि पेम्बा तामङ घाइते भएका थिए। स्थानीय मानिसहरूसँग भनावैरी भएर झगडा भएपछि नै कुणाल प्रधानले गोलि चलाएको आरोप लगाएको थियो भने पछिबाट उनले गोलि चलाउँदै गरेको सीसी क्यामेराको भिडियो फुटेज समेत सार्वजनिक भएको छ। त्यसैदिनदेखि आरोपी प्रधान फरार रहेका थिए भने सोही घट्नामा संलग्न रहेको आरोपमा पुलिसले सातजनालाई अघिबाटै पक्राउ गरिसकेको छ।
उक्त घट्नापछि पार्टीबाट समेत आजिवन निस्कासित बनेका कुणाल प्रधानलाई गोजमुमो अध्यक्ष विन तामङ, महासचिव अनित थापा समेत झट्टै पक्राउ गर्नुपर्ने माग गर्दै पुलिस प्रशासनलाई दबाव दिएपछि आखिरमा प्रधानले अन्तमा हिज बेलुकी कालेबुङ थानामा आएर आत्मसमर्पण गरेका थिए। जसपछि पुलिसले कानुनी कार्वाही सुरु गरेको हो।

No comments:

Post a Comment

Post Bottom Ad