राष्टिय राजमार्ग 10 अधिनस्थ मल्लीमा दिउँसै गोली हाना-हान; दुईजना भए घाइते, तीनजना पुलिसको पञ्जामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 10, 2020

राष्टिय राजमार्ग 10 अधिनस्थ मल्लीमा दिउँसै गोली हाना-हान; दुईजना भए घाइते, तीनजना पुलिसको पञ्जामा

गफसफ.com, १० मार्च २०२०, कालेबुङ ।
राष्ट्रिय राजमार्ग १० अन्तर्गत मल्ली क्षेत्रमा कालेबुङ नगरपालिकाको नगर पार्षद कुणाल प्रधानले कथितरूपमा गोली चलाएको घट्नाले सनसनी छाएको छ। उक्त गोलिकाण्डमा दुईजना व्यक्ति घाइते भएका छन्। घाइतेहरू मध्ये पुरण मगर (40) लाई भुँडीम गोलि लागेको छ भने पेम्बा तामङ (26) लाई खुट्टामा गोलि लागेको छ। उक्त घट्नापछि गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) ले उनलाई पार्टीको साधरण सदस्यता समेत खारेज गरेर पार्टीबाट पूर्णरूपले निस्कासित गरेको छ। घट्नामा संलग्न रहेको आरोपमा पुलिसले तीनजनालाई पक्राउ गरेर सोधपुछको निम्ति कालेबुङमा थानामा ल्याएको छ भने पक्राउको आधिकारिक पुष्टि भने हुन सकेको छैन।
घाइतेहरू क्रमैले पुरण मगर (देब्रे) अनि पेम्बा तामङ (दाहिने)

गोलिकाण्डमा घाइते भएका पुरण मगरलाई अवस्थालाई मध्य नजर राखेर उनलाई सिलगडीको एउटा नर्सिङ होममा उपचार्थ भर्ना गरिएको छ भने होलिको छुट्टीको कारण उनको आज ओपरेशन हुन नसक्ने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। भुँडीमा गोलि लागेको कारण त्यति खत्रा नभए पनि उनको वास्तविक तथ्य पत्तो लगाउन अनि भुँडीमा गोली छ छैन भन्ने अल्ट्रासाउण्ड मार्फत् मात्रै पत्तो लाग्ने भएको छ। त्यसपछि मात्र उनको अघिल्लो ओपरेशन गर्ने नगर्ने कार्य सम्भव हुने थाह लागेको छ। यता अर्का घाइते पेम्बा तामङलाई भने कालेबुङ अस्पतालमा भर्ना गरिएको थाह लागेको छ।
प्राप्त जानकारी अनुसार कालेबुङ नगरपालिकाको नगर पार्षद कुणाल प्रधान आज आफ्ना साथीहरूसँग मल्ली पुगेका थिए। मल्ली पुगेका नगरपार्षद अनि उनका समुहमाझ स्थानीय युवाहरूसँग वाद-विवाद बडेको थियो। यसै वाद विवादको क्रममा नगरपार्षद कुणाल प्रधानले एकाएक गोलि चलाउँदा पुरण मगर अनि पेम्बा तामङलाई गोलि लागेको थियो। त्यसपछि स्थानीय मानिसहरू घट्ना स्थलमा धेरै मात्रमा भेला भए उनीहरू भागेको थाह लागेको छ। गोलि चलेपछि आक्रोशित मानिसहरूले कुणाल प्रधानको वाहनलाई तोडफोड गरे भने उनको वाहमा हतियार समेत रहेको एउटा भिडियो समेत सार्वजनिक भएको छ।
घट्नाबारे थाह पाउन साथ कालेबुङबाट पुलिसबल घट्ना स्थलमा पुगेको थियो भने त्यहाँबाट आरोपी कुणाल प्रधान भाग्न सफल भएका छन्। यद्यपि पुलिसले कुणाल प्रधानका तीनजना युवा साथीहरूलाई भने पक्राउ गरेर थानामा ल्याएको थाहा लागेको छ भने पक्राउ परेकाहरूबारे पुलिस प्रशासनले आधिकारिक जानकारी भने दिएका छैनन्। हालमा उनीहरू तीनैजनालाई कालेबुङ थामा सोधपुछ चलिरहेको छ भने घट्नाको वास्तविक तथ्य पत्तो लगाउने पुलिसले पहल गरिरहेको छ।
अचानक बन्दुक पड्केको आवाज मात्र सुने – पेम्बा तामङ
मल्ली सार्वजनिक भवनमा सभा चलिरहेको समय एकाएक झगडा सुरु भएपछि बन्दु पड्केको आवाज मात्र सुनेको घाइते पेम्बाले बताएका छन्। उनले मल्ली सार्वजनिक भवनमा सभा चलिरहेको समय पहिला वाद विवाद भएको अनि पछिबाट हातपाई सुरु भएपछि बन्दुक पड्केको आवज मात्र सुनेको अनि त्यसबेला आफ्नै खुट्टामा गोली लागेर रगत बगिरहेको देखेपछि मात्र थाह भएको घाइते पेम्बा तामङले बताएका छन्। ‘रेल्वेको कामलाई लिएर नारी मोर्चाहरूले सभा गरिरहेको थियो। त्यसबेला हामी बाहिर बसीरहेका थियौँ। त्यसैबेला हातपाई सुरु भएपछि यो घट्ना भएको हो’ तामङले थप भने।

No comments:

Post a Comment

Post Bottom Ad