कोरोना भाइरस: आज बेलुकी 4 बजेदेखि लक-डाउन; नियम तोड्नेहरू विरुद्ध 6 महिनासम्मको हुनसक्छ जेल सजाय - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, March 22, 2020

कोरोना भाइरस: आज बेलुकी 4 बजेदेखि लक-डाउन; नियम तोड्नेहरू विरुद्ध 6 महिनासम्मको हुनसक्छ जेल सजाय

गफसफ.com, २२ मार्च २०२०,कालेबुङ ।
कोरोना भाइसरसको सङ्क्रमणलाई रोक्न आज बेलुकी 4 बजेदेखि पश्चिम बङ्गाल राज्यमा लक डाउन सुरु हुनेछ। यसबारे राज्य सरकारले निर्देश जारी गरिसकेको छ भने उक्त लक डाउन अवधी आवश्यक सेवाहरूलाई मात्र छुट दिइएको छ। यसका साथै सरकारले कोरोना भाइरस सङ्क्रमित हुन नदिनलाई सामाजिक दुरत्व बनाउने निर्देश पनि दिएको छ। जसको निम्ति सार्वजनिक स्थानहरूमा 7 जनाभन्दा धेर मानिसहरूलाई भेला हुनमा पनि रोक लगाएको छ।
FILE PHOTO
कोरोना भाइरसको बड्दो सङ्क्रमणलाई ध्यान राखेर राज्य सरकारले गरेको लकडाउनको क्रममा कसैले आदेश पालन नगरे कानुनी कार्वाही गर्ने समेत सरकारले निर्देश दिएको छ। सरकारी आदेश पालन नगर्नेहरूलाई भारतीय दण्ड संहिताको धारा 188 अन्तर्गत कानुनी कार्वाही हुने आदेशमा स्पष्ट लेखेको छ। जसको निम्ति जिल्लापाल, उप-जिल्लापाल, महकुमा अधिकारी, खण्ड विकास अधिकारी, पुलिस अधिक्षक, थाना प्रभारी, नगरपालिका अध्यक्ष आदिलाई निर्देश दिएको छ।
के हो त धारा 188 ?
कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न सरकारले अहिलेघरी भारतीय दण्ड संहिताको धारा 188 लागु गरेको छ। यो धारा आज बेलुकी 4 बजेदेखि आगामी 27 मार्चसम्म लागु रहनेछ। भारतीय दण्ड संहिताको धारा 188  लोकसेवाद्वारा विधिवत रूपमा लागु गरिएको आदेश भङ्ग गर्नेहरूलाई लाग्नेछ। जस अन्तर्गत आदेश भङ्ग गर्नु कानुन अनुसार दण्डनीय अपराधा मानिनेछ।
यो कानुन अनुसार यदि कसैले सरकारी आदेशको अवमानना गरेको खण्डमा त्यस व्यक्तिलाई सामान्य रूपमा दुई सय रूपियाँको जरिमानासँगै एक महिनासम्म सामान्य जेल सजाय भोग्न पर्नेछ। यो एउटा जमानती अपराध मानिनेछ।  
सोहि धारा 188 अनुसार यदि कुनै व्यक्तिले मानव जीवनको स्वास्थ्यमाथि सङ्कट स्थापित गर्ने सम्भावना रहेको छ भने उसलाई छ महिनासम्मको जेल सजाय सँगै एक हजार रूपियाँको जरिमाना लगाइनेछ। अथवा आर्थिक जरिमानासँगै जेल सजाय पनि नियम भङ्ग गर्नेहरूलाई लगाउनेछ।

No comments:

Post a Comment

Post Bottom Ad