कोरोना भाइरस: लक-डाउन हुँदा पनि दार्जीलिङ पहाडका चिया श्रमिकहरूलाई कार्यमा लगाइएको गोरामुमोको आरोप - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 23, 2020

कोरोना भाइरस: लक-डाउन हुँदा पनि दार्जीलिङ पहाडका चिया श्रमिकहरूलाई कार्यमा लगाइएको गोरामुमोको आरोप

गफसफ.com, २४ मार्च २०२०,कालेबुङ ।
विश्वमानै आतङ्क बनेको कोरोना भाइरस (कोभिड-19)-को सङ्क्रमण विरुद्ध देशव्यापी लकडाउन चलिरहेको अवस्थामा दार्जीलिङ पहाडका चिया कमानहरूमा भने श्रमिकहरूलाई कार्यमा लगाएको गोरामुमो पार्टीले आरोप लगाएको छ। गोरमुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एडवर्डले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त आरोप लगाएका हुन्।
‘विश्वमा नै कोरोना भाइरसको प्रकोपको बेला र  विश्वको धेरै भन्दा धेरै राष्ट्रहरुले लक डाउन घोषणा गरिएको बेला दार्जीलिङ पहाडका चियाबारीहरुको श्रमिकहरुलाई दैनिक रोजगारीको निम्ति खटाएको छ र सबै श्रमिकवर्गलाई काममा खटिनुपर्ने आदेश जारी गरिएको छ। यो कहाँ सम्मको न्याय हो त ? जब सरकारको अधिसुचना अनुसार ७ जना भन्दा बेसि  आफ्नै परिवार पनि  एकै ठाउँमा भेला हुन बन्चित गराएको छ । हजारौं को संख्यामा चिया श्रमिकहरु भेला भएर काम गर्दछ, के दार्जिलिङ पहाडका चिया श्रमिकहरु मानव होइन? यो सरासर अन्याय हो’ अजय एडवर्डले प्रेस विज्ञप्तीमा भनेका छन्।
सरकारले मजदुरवर्गका निम्ति यो महामारीमा विभिन्न राहतहरु उपलब्ध गराइरहेको अवस्थामा चिया  श्रमिकहरुलाई  भने अवहेलना गरेको भन्दै गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटिका अध्यक्ष अजय एड्वर्डले जोडदार विरोध जनाएका छन्। ‘संसारमा प्रथमतः मानवता आउछ तर मानवतानै रहेन भने के महत्त्व रह्यो र? अहिलेको यो कोरोना भाइरसको प्रकोपको महामारीको परिस्थितिमा हामी केवल मानवता मात्र छौं सबैले बराबर न्याय पाएको हुनुपर्छ’ उनले भनेका छन्।
उनले चिया कमानका मानिसहरू धेरै मात्रमा बाहिर कार्य गर्न गएको अनि उनीहरू अहिले आफ्नो गाउँमा फर्किएको कारण कोरोना जस्तो घातक बिरामी छ-छैन भन्ने विषयमा भन्न नसकिने अवस्थामा लक-डाउनलाई सबैले पालन गर्नुपर्ने उनले आह्वान गरेका छन्। उनले लकडाउन पालन गर्ने जनतालाई धन्यवाद दिँदै उनले सरकार अनि मालिक पक्षलाई आजदेखिनै दार्जीलिङ तराई अनि डुवर्सका सम्पुर्ण चियाबारी पनि लक डाउन गरिदियोस भनि आह्वान गरेका छन्। यसका साथै केन्द्र सरकार, सांसद राजु बिष्ट अनि बिधायक निरज जिम्बाले पनि यथाशीघ्र यसबारे पहल गरिदियोस भनि अपिल गरेका छन्।  
‘आफू पनि बाँचौ अरुलाई पनि बचाउँ। बिना कारण घरबाट बाहिरा ननिक्लिनुहोस। सरकारद्वारा जारी जनहितको सूचनालाई पुर्ण रुपमा पालन गरौं । सबै एक भएर यो कोरोना भाइरसलाई परास्त गरौं’ अजय एडवर्डले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad