कोराना भाइरसको आतङ्क : पश्चिम बङ्गालका सम्पूर्ण शैक्षिक संस्थानहरूमा विदाको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 14, 2020

कोराना भाइरसको आतङ्क : पश्चिम बङ्गालका सम्पूर्ण शैक्षिक संस्थानहरूमा विदाको घोषणा

गफसफ.com, १४ मार्च २०२०, कालेबुङ। 

विश्वव्यापी रूपमा आतङ्क मच्चाईरहेको कोभिड-१९ (कोरोना भाइरस) को प्रकोपबाट बाँच्न सुरक्षालाई ध्यानमा राख्दै पश्चिम बङ्गाल सरकारले सम्पूर्ण सरकारी अनि गैरसरकारी स्कुलहरूसँगै महाविद्यालय र विश्वविद्यालयहरूमा विदा घोषणा गरेको छ। आगामी सोम्बार १६ मार्चदेखि ३१ मार्चसम्म सरकारले सबै शैक्षिक संस्थानहरूमा विदाको घोषणा गरेको हो।

पश्चिम बङ्गाल सरकारको उक्त घोषणापछि राज्यको शिक्षा विभागले यसबारे आधिकारिक अधिसूचना जारी गरेर सबै सम्बन्धित विभागहरूलाई दिशानिर्देश दिएको छ। यस अवधी सम्पूर्ण बोर्ड परिक्षाहरू भने संचालित रहनेछन् भने कुनै विद्यालयको आन्तरिक परिक्षाहरू भने नहुने पनि सूचनामा स्पष्ट लेखिएको छ। 

उक्त घोषणापछि यता दार्जीलिङ पहाडमा जीटीएले पनि सम्पूर्ण शैक्षिक संस्थानहरूमा विदाको घोषणा गरेको छ। जीटीएको शिक्षा विभागले यसबारे आधिकारिक सूचना जारेर गरेर सम्पूर्ण शैक्षिक संस्थानहरूलाई अवगत गराएको छ। 

No comments:

Post a Comment

Post Bottom Ad