मल्ली गोलिकाण्डका मुख्य आरोपी कुणाल प्रधानले कालेबुङ थानामा गरे आत्मसमर्पण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, March 14, 2020

मल्ली गोलिकाण्डका मुख्य आरोपी कुणाल प्रधानले कालेबुङ थानामा गरे आत्मसमर्पण

गफसफ.com, १४ मार्च २०२०, कालेबुङ। 

मल्ली गोलिकाण्डका मुख्य आरूपी कुणाल प्रधानले कालेबुङ थानामा आत्मसमर्पण गरेका छन्। गोलिकाण्डपछि फरार रहेको प्रधानले आज साँझ ७:३० बजे कालेबुङ थानामा आत्मसमर्पण गरेका हुन्। यसबारे पुलिस प्रशासनबाट आधिकारिक बयान भने आएको छैन।

गत १० मार्चदिन राष्ट्रिय राजमार्ग १० अन्तर्गत मल्ली स्थित सार्वजनिक भवनमा स्थानीय बासिन्दाहरूमाझ विवाद भएपछि झगडा भएको थियो। त्यसैक्रममा आरोपी कुणाल प्रधानले गोलि चलाउँदा दुईजना घाइते भएका छन्। उक्त घट्नाका मुख्य आरोपी प्रधानले त्यसदिन गोलि चलाएको सीसी क्यामेराको भिडियो फुटेज सार्वजनिक भएको छ। 

घट्नापछि आरोपी कुणाल प्रधान फरार रहेका थिए भने त्यसै मुद्दामा अहिलेसम्म पुलिसले सातजनालाई पक्राउ गरिसकेको छ। गोलिकाण्डको घट्नामा संलग्न रहेको आरोपमा पुलिसले सन्तोष भुजेल, सुकमान राई, सन्तोष राई, दिलिप पासवान, डुकछिरिङ भोटिया, अभिनय राई अनि राजु तामङलाई अघिबाटै पक्राउ गरेर कानुनी कार्वाही सुरु गरेको छ भने मुख्री आरोपी प्रधानले आखिरमा आज बेलुकी कालेबुङ थानामा आफै आएर आत्मसमर्पण गरेका हुन्। उनले आत्मसमर्पण गरेपछि पुलिसले पक्राउ गरेको छ भने भोलि न्यायलयमा पेश गरिने सम्भावना रहेको प्रशासनिक सुत्र मार्फत थाह लागेको छ। 

No comments:

Post a Comment

Post Bottom Ad