गोरामुमो-गोजमुमो (विमल गुट)मा वाक युद्ध जारी; वाई लामाले भने - ‘स्टेरिङ कमिटि’-बनिन नदिनुको अर्थ तपाईँहरूले जीटीएलाई टेवा पुर्‍याउनु नै हो - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 3, 2020

गोरामुमो-गोजमुमो (विमल गुट)मा वाक युद्ध जारी; वाई लामाले भने - ‘स्टेरिङ कमिटि’-बनिन नदिनुको अर्थ तपाईँहरूले जीटीएलाई टेवा पुर्‍याउनु नै हो

गफसफ.com, २ मार्च २०२०, दार्जीलिङ ।
गोर्खा जनमुक्ति मोर्चा विमल गुट अनि गोरामुमो पार्टीको वाकयुद्ध चुलिन्दै गइरहेको छ। गोरामुमो पार्टीले एनआरसी, सीएए अनि एनपीआरबाट गोर्खाहरूलाई केवल छैटौँ अनुसूचीले मात्र बचाउन सक्छ भन्दै एका-एक छैटौँ अनुसूचीको मुद्दाको उठान गरेदेखि नै दुई राजनैतिक दलहरूमाझमा रहेको मनमुटाव सार्वजनिक भएको हो। यसक्रममा भाजपा विधायक निरज जिम्बा एवम् गोजमुमो विमल गुटका प्रवक्ता बीपी बजगाईँले एकार्कलाई आरोप प्रत्यारोप लगाउने कार्य गरिरहेका छन् भने विधायक जिम्बाको बचाऊमा गोरामुमो पार्टीक अन्य नेताहरू पनि वाकयुद्धको मैदानमा ओर्लिएका छन्।

विधायक जिम्बाले गोजमुमो विमल गुटका नेताहरूले वितेको लोकसभा चुनावमा के-के सर्तमा भाजपालाई समर्थन गरेको थियो त्यसको खुलासा गर्न नपरोस् भन्ने वयान दिएपछि चुलिएको विवाद अझै बड्दै गइरहेको छ। यसक्रममा गोजमुमो प्रवक्ता बीपी बजगाईँले भाजपा विधायक निरज जिम्बा लगायत गोरामुमो नेता अजय एडवर्डले दिएका बयानहरू सबै झूटो रहेको हो भनेपछि आज पुन: गोरामुमो पार्टीका प्रवक्त वाई लामाले आफ्नो वयान दिएका छन्।
गत २० फरवरीका दिन सिलगडीमा सम्पन्न भएको सर्वदलिय वैठकमा के-कस्ता चर्चा भयो भन्ने कुराको खुलस्त पार्दै वाई लामाले सर्वदलिय वैठकमा सबै दलहरू आ-आफ्नो मुद्दा लिएर पुगेको बताए। सोहि वैठकमा आफुहरूले आपस्तको सम्पूर्ण मनमुटावहरू भुलेर 23 फरवरीसम्ममा स्टेरिङ कमिटि गठन गर्ने पक्षमा सबैजना सहमतिमा आएको लामाले जानकारी गराएका छन्।
‘सर्वदलिय वैठकमा सबैको आ-आफ्नै मुद्दाहरू थियो। सबैको आ-आफ्नो मुद्दाहरू भएपनि सांसद महोदायको अनुरोधमा सबै पार्टीका सदस्यहरूलाई लिएर 23 फरवरी भित्रमा स्टेरिङ कमिटि गठन गर्ने तय गरेका थियौँ। किन भने संसदको गृष्मकालिन सत्रभन्दा अघि भारतका गृहमन्त्रीसँग वैठक हुने भएको कारण त्यस स्टेरिङ कमिटि गठन गर्ने पक्षमा सबै दलका साथीहरूमा त्यस सर्वदलिय वैठकमा सहमती भएको थियो’-गोरामुमो प्रवक्ता वाई लामाले भने।  यसक्रममा उनले उक्त स्टेरिङ कमिटिको गठनपछि सम्पूर्ण कार्यक्रमहरू पनि स्टेरिङ कमिटिकै नेतृत्वमा गर्ने अनि दिल्लीमा केन्द्रिय नेतृत्ववर्गलाई भेटघाट गर्ने कार्यहरू समेत स्टेरिङ कमिटिकै नेतृत्वमा हुने जस्ता सहमति सर्वदलिय वैठकमा भएको लामाले दाबी गरेका छन्।
‘सबै दलका नेताहरूमाझ 23 फरवरीभित्रमा स्टेरिङ कमिटि बनाउने तय भएको हो अनि त्यस कमिटिका निम्ति क्रामाकपा, अभागोली, सुमेटी आदि दलबाट नाउँ समेत दिइसकेको छ। त्यसमा गोरामुमो र गोजमुमो (विमल गुट) ले मात्र दिएको थिएन। हामी पनि नाउँ दिनलाई तयार थियौँ तर, एउटा दलका प्रखर वक्ताले गोरामुमोले छैटौँ अनुसूचीको मुद्दा नछोडे आफुहरू स्टेरिङ कमिटिमा नबस्ने भन्दै गोर्खा एकतामा भाँजो हाल्ने काम गरेको छ’ गोरामुमो प्रवक्ता वाई लामाले कसैको नाउँ नलिई बीपी बजगाईप्रति कटाक्ष गरे। उनले स्टेरिङ कमिटिमा उनीहरूले नबस्ने घोषणाले वास्तवमा उनीहरूलाई नै सर्वदलिय नेताहरूमाथि विश्वास नरहेको अनि स्टेरिङ कमिटिमाथि नै विश्वास नरहेको आरोप लगाएका छन्।
‘स्टेरिङ कमिटि बनिन नदिन तपाईँहरूको के उद्देश्य छ?’ वाई लामाले प्रश्न तेर्साउँदै यदि स्टेरिङ कमिटि नबनिए दिल्लीमा गृहमन्त्रीसँग वैठक हुन नसक्ने पनि बताएका छन्। ‘स्टेरिङ कमिटि बनिन नदिनु भनेको तपाईँहरूले कतै न कतै जीटीएलाई टेवा पुर्‍य़ाउनु हो। यदि स्टेरिङ कमिटि बनिएन भने स्थायी राजनैतिक समाधानको पक्षमा वार्ता सुरु हुँदैन जसले गर्दा यहाँ जीटीए व्यवस्था नै चलिरहनु हो। यसकारण स्टेरिङ कमिटि बनिन नदिनु तपाईँहरूले जीटीएलाई टेवा दिनु हो’ वाई लामाले गोजमुमो विमल गुटका प्रवक्ता बीपी बजगाईँ प्रति कटाक्ष गर्दै भने।  
उनले स्टेरिङ कमिटि बनिएको भए दिल्लीमा गृहमन्त्रीसँग त्यस स्टेरिङ कमिटिले वार्ता गर्ने थियो अनि त्यहाँ सबै दलका प्रतिनिधी भएको कारण गोरामुमोको मात्रै मुद्दा पुग्छ भन्ने प्रश्न नहुने पनि उनले बताएका छन्। ‘दिल्लीमा के बात गर्नुपर्छ भन्ने विषयमा स्टेरिङ कमिटिले छलफल गर्थ्यो। एजेण्डा स्टेरिङ कमिटिले तय गर्थ्यो। तर, आज सामाजिक सञ्जालबाट भ्रान्ति फैलाउने बयान आइरहेको छ। जसले गर्दा स्टेरिङ कमिटि बनिन सकेको छैन। यो स्टेरिङ कमिटि बनिन नसक्दा हामीले गोर्खा एकतालाई अघि बडाएर स्थायी राजनैतिक समाधानको मुद्दामा दिल्लीमा वार्ताको प्रक्रिया बढ्न सकेको छैन। यो स्टेरिङ कमिटि बनिन नदिनुको अर्थ तपाईँहरू जीटीए-मा नै बस्न चाहनुहुन्छ भन्ने हो’ वाई लामाले गोजमुमो विमल गुटप्रति प्रहार गर्दै भने।
उनले दिल्लीले गोर्खाहरूको पक्षमा वार्ता सुरु गर्नुपर्ने माग गर्दै स्टेरिङ कमिटि बनिए मात्रै त्यसले एजेण्डा तय गर्न सक्ने बताएका छन्। यसक्रममा उनले एकार्कमा हिलो छेप्ने राजनीति नगरौँ भन्दै गोर्खा एकताको पक्षमा सबै एकवद्ध भएर स्थायी राजनैतिक समाधानको निम्ति कार्य गर्नुपर्ने पनि वाई लामाले आह्वान गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad