विधायक निरज जिम्बाको फोटो पोस्टमा विवाद; बीपी बजगाईँले भने –‘धर्मको आडमा राजनीति गर्नेहरू निरिह हुन्’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, March 2, 2020

विधायक निरज जिम्बाको फोटो पोस्टमा विवाद; बीपी बजगाईँले भने –‘धर्मको आडमा राजनीति गर्नेहरू निरिह हुन्’

गफसफ.com, २ मार्च २०२०, कालेबुङ ।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले केहिदिन यता छैटौँ अनुसूचीको वकालती गर्दै आएपछि अहिलेघरी गोरामुमो अनि गोजमुमो (विमल गुट) माझमा विवाद चुलिँदै गइरहेको छ। भाजपा विधायक निरज जिम्बाले वितेको चुनावमा “एनआरसीले गोर्खाहरूलाई त होइन ईस्कुश र फर्सीलाई समेत छुँदैन’ भन्ने वयान दिएका थिए भने अहिले घरी उनै जिम्बाले ‘छैटौँ अनुसूची एनआरसी, सीएए र एनपीआरबाट बाँच्ने सुरक्षा कवच हो’ भन्ने बयान दिइरहेका छन्। यस्तो अवस्थामा गोजमुमो विमल गुट अनि गोरामुमो पार्टीमाज छैटौँ अनुसूचीकै मुद्दालाई लिएर वाकयुद्ध चलिरहेको छ।

गोजमुमो विमल गुटका प्रवक्ता बीपी बजगाईँले सोम्बार एक भिडियो जारी गरेर गोरामुमो नेता अजय एडवर्डले झूट बोलेको दाबी गरेका छन्। उक्त भिडियोमा उनले गोरामुमो नेता अजय एडवर्डको भिडियो क्लिप समेता समावेश गरेर उनले दिएको बयान पूर्णरूपले झूटो रहेको दाबी गरेका छन्।
वितेको लोकसभा चुनावमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा एकवद्ध बनेका गोजमुमो (विमल गुट), गोरामुमो, अभागोली, सुमेटी लगायतका पार्टीहरूलाई लिएर भाजपा सांसद राज्य विष्टले सिलगडीमा सर्वदलिय वैठक आयोजना गरेपछि नै एकवद्ध बनेका दलहरूमा विवद आरम्भ भएको हो। उक्त दलहरूलाई लिएर स्टेरिङ कमिटि बनाउने सर्वदलिय वैठकमा निर्णय लिए पनि विवादकै कारण अहिलेसम्म स्टेरिङ कमिटि समेत बन्न सकेको छैन। जसको जडसुत्र गोरामुमो पार्टीले छैटौँ अनुसूचीको मुद्दालाई अघि सार्नु बताइएको छ। जसलाई लिएर हालमा गोरामुमो अनि गोजमुमो (विमल गुट) माझ वाकयुद्द थामिने छाँट देखिएको छैन।
अहिलेघरी दुवै दलका नेताहरूले एकार्कलाई झुटको राजनीति गरिरहेको आरोप लगाउने क्रम जारी रहेको छ। ‘जब राजनीतिमा खुलेआम झूटो बोलिन्छ तब त्यसले राजनीतिको सबै मर्यदा नाघेको बुझिन्छ’- बीपी बजगाईँले अजय एडवर्डको झूटको पर्दा खोल्दै भनेका छन्। उनले अजय एडवर्डको सम्पूर्ण बयान पूर्णतया झूटो रहेको भन्दै सांसद राजु विष्टको अघि गोरामुमो नेता वाई लामाले छैटौँ अनुसूचीको मुद्दा उठाएको भए पनि त्यसलाई आफूले सरासर नकार्द एकमात्र छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाएको बजगाईँले दाबी गरेका छन्।
‘सर्वदलिय वैठकमा हामी र गोरामुमो मात्र होइनौँ क्रामाकपा, अभागोली, सुमेटी र सांसद राजु विष्ट समेत थिए। वैठकमा विधायक निरज जिम्बा र वाई लामाले छैटौँ अनुसूचीको मुद्दा उठाएको सही हो। तर, मैले त्यस सभामा उक्त कुराको विरोध गर्दै स्टेरिङ कमिटिले केवल छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा मात्र अघि बढ्नुपर्ने भएकोले सबै राजनैतिक दलहरूले आ-आफ्नो मुद्दा थन्काएर गोर्खाल्याण्डको मुद्दामा मात्र स्टेरिङ कमिटि गठन गर्नुपर्ने माग राखेको थिएँ’ –बीपी बजगाईँले भनेका छन्।
उनले उक्त अडानलाई सबैले सहमती जनाएपनि पछिबाट पत्रकार सम्मेलनमा गोरामुमोले छैटौँ अनुसूचीको मुद्दा राखेको अनि त्यसबेल विरोध गरेर आपस्तको झगडा देखाउन नचाहेको पनि बजगाईँले स्पष्टीकरण दिएका छन्। यसैक्रममा उनले गोरामुमो नेता अजय एडवर्डले आफ्नै पार्टीका कार्यकर्ताहरूलाई ढाँटीरहेको भन्दै यो ढाँट्ने अवस्था किन आयो? भन्ने प्रश्न समेत तेर्साएका छन्। 
प्रवक्ता बजगाईँले जारी भिडियोमा भाजपा विधायक निरज जिम्बाले आफ्नो सामाजिक सञ्जालमा जारी महाभारतको फोटो सम्बन्धि पनि टिप्पणी गरेका छन्। ‘विधायक निरज जिम्बाले महाभारतको फोटो जारी गरेर त्यहाँ अनेकथोक देखाएका रहेछन्। त्यस फोटोमा गोजमुमोलाई पाण्डव देखाएर निरिह देखाउने प्रयास गरेछन्। सर्वप्रथम कसैको धार्मिक आस्थालाई राजनीतिको अखडामा तानेर किचलो पार्नु मर्यादित पटक्कै होइन’ बजगाईँले भनेक छन्। सोहि फोटोमा भाजपालाई धृटराष्ट्र देखाइएको सन्दर्भमा उनकै पार्टीलाई अन्धो देखाउने पार्टीभित्रको अनुशासनको कुरा रहेको पनि उनले बताएका छन्।
‘गोर्खाल्याण्डको मुद्दालाई ड्रप गरेर 21 वर्ष तिखो राजनीति गरेर शाषण गर्ने सुवास घिसिङलाई श्रीकृष्ण बनाउनु भनेको भगवान कृष्णलाई अपमान गर्नु हो। न त गोर्खाल्याण्ड पाँचपतीको पत्नी द्रोपदी हो, न त छैटौँ अनुसूची अक्षय साडी हो, न गोजमुमो निरिह पाण्डव नै हो, निरिह त यस्ता फोटो बनाउनेहरू हुन् जसले धर्मको आडमा राजनीति गर्दैछन्’ बीपी बजगाईँले भाजपा विधायक निरज जिम्बालाई भनेका छन्।
जिम्बाले उक्त फोटोमा दुईवटा गल्तीहरू गरेको भन्दै भाजपालाई अन्धो अनि दोषी  धृतराष्ट्र सावित गरेको अनि दोस्रो बारम्बार सांसदले छैटौँ अनुसूची पार्टीको मुद्दा नभएको भन्दा भन्दै पनि उनै भाजपा विधायक निरज जिम्बाले छौटौँ अनुसूचीको मुद्दा उठाएको पनि दाबी गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad