सांसद राजु विष्टको नेतृत्वमा गोजमुमो विमल गुटको केन्द्रिय जनजाति मन्त्री अर्जुन मुण्डासँग भेट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 12, 2020

सांसद राजु विष्टको नेतृत्वमा गोजमुमो विमल गुटको केन्द्रिय जनजाति मन्त्री अर्जुन मुण्डासँग भेट

गफसफ.com, १२ मार्च २०२०, कालेबुङ ।
गोर्खा जनमुक्ति मोर्चा (विमल गुट) का प्रतिनिधी टोलिले भाजपा सांसद राजु विष्टको नेतृत्वमा आज केन्द्रिय जनजाति मन्त्री अर्जुन मुण्डालाई भेट गरेको छ। यस अवसरमा केन्द्रिय जनजाति मन्त्री अर्जुन मुण्डासँग भेट गरेर गोर्खा समुदायका 11 जात गोष्टिलाई जनजातिको मान्यता प्रदान गरिने सन्दर्भमा के कति कार्य भयो भन्ने कुराको पनि जानकारी लिइएको सांसद राजु विष्टले एक प्रेस विज्ञप्ती जारी गरेर बताएका छन्।
‘केन्द्रिय जनजाति मन्त्रीसङ्ग भेट गरेर प्रतिनिधी टोलिले एघार जात गोष्ठिलाई जनजातिको मान्यता दिने सन्दर्भको जानकारी लियौँ। यसका साथै मन्त्रीलाई दार्जीलिङ अनि कालेबुङ जिल्लामा पश्चिम बङ्गाल सरकारले बन अधिकार कानुन 2006 लागु नभएको विषयमा पनि अवगत गरायौँ” – सांसद राजु विष्टले विज्ञप्तीमा भनेका छन्।
सांसद विष्टले छोडिएका 11 गोर्खा समुदायका जात गोष्ठिले जनजातिको मान्यता प्राप्त गर्नका निम्ति आवश्यक दस्तावेजहरूको कार्वाहीलाई धर्यतासँग पर्खिरहेको भएको पनि उक्त प्रक्रिया साह्रै ढिलो भएको पनि मन्त्रीलाई अवगत गराइएको बताएका छन्।
यसक्रममा केन्द्रिय मन्त्री अर्जुन मुडाले यसबारे आफुले जानकारी लिने आश्वास दिएको पनि सांसद राजु विष्टले बताएका छन्। उक्त भेटघाटको क्रममा सांसद राजु विष्टले सेवक रम्फु रेल परियोजनाको विकास कार्यलाई रेल्वे मन्त्रालयले कसरी अघि बडाउने कार्य गरिरहेको छ भन्ने कुरा पनि जानकारी गराएको बताउँदै उक्त रेल परियोजनाको कारण 24 वटा बनवस्तीका 8 सय घरहरूलाई नकारात्मक प्रभाव पर्ने विषयमा पनि जानकारी गराएको बताएका छन्।
बनबस्तीका बासिन्दाहरूको सुरक्षा  बन अधिकार कानुन 2006 ले गरेपनि यता पश्चिम बङ्गाल सरकारले उक्त कानुनको प्रयोग नगरेको बताउँदै बनवसीहरूको उचित क्षतिपुर्ती र पुनर्वासको व्यवस्था समेत हुन नसकिरहेको सांसद विष्टले बताएका छन्। उनले रेल्वे मन्त्रालयबाट पश्चिम बङ्गाल सरकारले सम्पूर्ण बनवासीले पाउनुपर्ने क्षतिपुर्ती अनि पुनर्वास व्यवस्थाको निम्ति धनराशी प्राप्त गरिसके पनि यता बनवासीहरूलाई भने  उक्त क्षतिपुर्ती प्रदान गरेर अन्यत्र पुनर्वासको व्यवस्था नगरेको आरोप लगाएका छन्।  
बन अधिकार कानुन 2006 लागु गरेर स्थानीय मानिसहरूलाई पूर्णरूपले सन्तुष्ट नबनाएसम्म सेवक-रम्फु रेल परियोजनाको कार्य बन्द गर्नुपर्ने मन्त्री मुण्डा ज्युलाई अवगत गराएको छु’ सांसद राजु विष्टले भने। यसक्रममा मन्त्री मुण्डाले बनअधिकार कानुन 2006 लागु गर्नका निम्ति जनजाति मन्त्रालयबाट पश्चिम बङ्गाल सरकारलाई झट्टै भन्ने आश्वासन उच्च जाँच टोलि क्षेत्रको भ्रमणमा पठाउने पनि आश्वासन दिएको जानकारी दिएका छन्।
सांसद राजु विष्टको नेतृत्वमा रहेको प्रतिनिधी टोलिमा गोजमुमो विमल गुटका कार्यकारी अध्यक्ष लोपसाङ्ग लामा, लिला कुमार गुरुङ, अनिल लोप्चन उपस्थित रहेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad