मल्ली गोलिकाण्डको घट्नामा बोले अनित थापा; भने - ‘पहाडमा गुण्डागर्दी सहँदैनौँ, हामी गुण्डागर्दीलाई जरैबाट मास्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, March 12, 2020

मल्ली गोलिकाण्डको घट्नामा बोले अनित थापा; भने - ‘पहाडमा गुण्डागर्दी सहँदैनौँ, हामी गुण्डागर्दीलाई जरैबाट मास्नेछौँ’

गफसफ.com, १२ मार्च २०२०, कालेबुङ ।
‘पहाडमा हामी गुण्डागर्दी पटक्कै सहन गर्दैनौँ। यस्ता गुण्डागर्दी गर्नेहरुलाई पुलिस प्रशासनले झट्टै पक्राउ गर्नुपर्छ’ –उक्त कुरा जीटीए वोर्ड अध्यक्ष एवम् गोजमुमो विनय गुटका महासचिव अनित थापाले भनेका हुन्। मल्ली गोलीकाण्डमा घाइते बनेका पुरण मगरलाई हेर्न सिलगडी पुगेका थापाले पत्रकारहरूसँग बोल्दै आफुहरूले वितेको दिनमा पनि पहाडमा चलेको आतङ्कको विरुद्ध आफ्नो ज्यानलाई जोखिममा हालेर अघि आएको भन्दै आज पनि आफुहरू ‘गुण्डागर्दी’-को विरोधमा रहेको स्पष्ट पारेका छन्।

उनले भुँडीमा गोली लागेर घाइते बनेर नर्सिङ होममा उपचाराधिन भएका पुरण राईलाई भेटेर उनको स्वास्थ्यबारे जानकारी लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै हालको उनको सुवास्थ्यमा सुधार आएको बताएका छन्। यसक्रममा आफुहरूले बिरामीको अवस्थाबारे डाक्टरहरूसँग पनि सम्पर्कमा रहेर बारम्बार जानकारी लिने कार्य गरिरहेको पनि थापाले जनाएका छन्।
‘पहाडमा हामीले जलाउने, भत्काउने कार्यको विरोधमा छौँ। यस्तो कार्य यदि आफ्नै भाइले नै गर्दैछ भने पनि स्वीकार गर्दैनौँ। गुण्डागर्दी पहाडमा जरैबाट मेटाउन चाहन्छौँ। यसैकारण हामीले घट्नाको जानकारी पाउनसाथै अध्यक्ष विनय तामङसित सल्लाह गरेर पार्टीबाट निस्कासित पनि गरेका हौँ’ अनित थापाले मल्ली गोलिकाण्डको घट्नाबारे बोल्दै भने।
उनले उक्त घट्नापछि तत्कालै पुलिस अधिक्षकसँग कुराकानी गरेर आरोपी कुणालसँगै अन्य संलग्न व्यक्तिहरूलाई पनि झट्टै पक्राउ गर्नुपर्छ भनेको बताउँदै यसबारे बारम्बार पुलिस अधिकारीसँग सम्पर्कमा रहेको पनि उनले बताएका छन्। ‘जहाँ भए पनि यस्ता व्यक्तिहरूलाई झट्टै पक्रनुपर्छ। मैले पुलिसलाई पनि भनेको छु अनि मैले आफ्नै स्रोत मार्फत् पनि यी व्यक्तिहरूको पत्तो लगाउने कार्य गरिरहेको छ। यस्ता व्यक्तिहरू समाजका निम्ति हानीकारक हुन् यसले समाजलाई ठूलो हानी हुन्छ’ अनित थापाले भने।
उनले आफुहरूको पक्षबाट समाजलाई राम्रो बनाउने प्रयास गरिरहेको बताउँदै पुलिस प्रशासनले पनि उचित कार्वाही गर्नुपर्ने भन्दै पुलिसले सन्दिग्ध व्यक्क्तिहरूको जाँच गर्नुपर्ने पनि थापाले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad