भाउजु अनि दुईजना नाबलक भतिजहरूको हत्या गर्ने सूर्य भुजेललाई फाँसीको सजाय - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, January 28, 2020

भाउजु अनि दुईजना नाबलक भतिजहरूको हत्या गर्ने सूर्य भुजेललाई फाँसीको सजाय

गफसफ.com, २८ जनवरी २०२०, कालेबुङ। 

कालेबुङ जिल्लाको जलढका थाना अधिनस्थ गैरीबास सिन्कोना बगानको डाँडा गाउँ भस्मे निवासी सूर्य भुजेल (३५) लाई एकैसाथ तीनजनाको हत्या गरेको आरोपमा कालेबुङ जिल्ला अदालतले फाँसीको सजाय सुनाएको छ। उनले ३ फरवरी २०१८ को राती आफ्नै भाउजु जुनिता भुजेल (२८) अनि भतिजहरू आकृत भुजेल (८) र अतित भुजेल (६) को धारिलो हतियारले प्रहार गरेर हत्या गरेका थिए। उक्त घट्नाका दोषी सूर्य भुजेललाई आज कालेबुङ जिल्ला अदालतले फाँसीको सजाय सुनाएको हो। 
सुर्य भुजेल (फाइल फोटो)

आफ्नै भाउजु अनि दुई नाबालक भतिजहरूको विभत्स हत्या गर्ने देवर सूर्य भुजेललाई घट्नापछि पुलिसले पक्राऊ गरेर कानुनी कार्वाही सुरु गरेको थियो। जसको फलस्वरूप हत्याकाण्डको लगभग दुईवर्षपछि अदालतले सूर्य भुजेलको आरोप सिद्ध भएर घट्नामा उनी दोषी प्रमाणित भएपछि फाँसीको सजाय सुनाएको हो। 

स्मरण रहोस्, सूर्य भुजेलले सिन्कोनाबगानमा कार्यरत आफ्ना दाजुको मृत्यु पछि प्राप्त हुने बद्लिकाम आफुले पाउनुपर्ने दाबी गर्दै आइरहेका थिए। सोही बद्ली कामलाई लिएर देवर भाउजुमाझ वाद-विवाद हुने गर्थ्यो। आफ्ना पतिको मृत्यु पछि प्राप्त हुने बद्ली काम देवरलाई दिनुको साटो जुनिता भुजेल आफै हिँड्ने तय गरेकी थिइन्। सोही विषयमा ३ फरवरी २०१८ को राती देवर भाउजु माझ विवाद बडेपछि आरोपी सूर्य भुजेलले एकैचोटी तीनजनाको हत्या गरेका थिए। सामान्य विवाद बडेपछि आरोपी सूर्य भुजेलले आफ्ना भाउजु जुनिता भुजेल सँगै दुईजना भतिजहरू आकृत भुजेल अनि अतित भुजेल-को घरभित्रै धारिलो हतियारले प्रहार गरेर हत्या गरेको आरोपमा पुलिसले पक्राऊ गरेर कानुनी कार्वाही सुरू गरेको थियो। जुन हत्याको आतोप सिद्ध भएपछि अदालतले आज फाँसीको सजाय सुनाएको हो। 

No comments:

Post a Comment

Post Bottom Ad