तीनजना गोर्खाहरू पद्मश्री पुरस्कारले सम्मानित; भारतीय गोर्खा युवा परिसंघले दियो पुरस्कार विजेताहरूलाई बधाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 26, 2020

तीनजना गोर्खाहरू पद्मश्री पुरस्कारले सम्मानित; भारतीय गोर्खा युवा परिसंघले दियो पुरस्कार विजेताहरूलाई बधाई

गफसफ.com, २६ जनवरी २०२०, गुवाहटी ।
भारतीय गोर्खा परिसंघको युवा वाहिनी भारतीय गोर्खा युवा परिसंघले पद्मा पुरस्कारा विजेताहरू क्रमैले साहित्यकार लिलबहादुर छेत्री, तीरअन्दाज तरूणदिप राई, अनि निशानावाज जितु राईलाई बधाई दिएका छन्। असमका शिक्षाविद एवम् साहित्यकार लिलबहादुर छेत्री, सिक्किमका तीरअन्दाज तरूणदिप राई अनि उत्तरप्रदेशका निशानावाज जितु राईलाई भारत सरकारले प्रद्म पुरस्कार दिने घोषणा गरेपछि यता भारतीय गोर्खा युवा परिसंघले सम्पूर्ण गोर्खा पद्मा पुरस्कारा विजेताहरूलाई बधाई दिएको हो। भागोयुपका युवा प्रभागका राष्ट्रिय सचिव नन्द किराती देवानले एक प्रेस विज्ञप्ती जारी गरेर उनीहरूलाई बधाई दिएका छन्।
असमका लिलबहादुर छेत्री साहित्य अकादमी पुरस्कार विजेता हुन् भने तरूणदिप राई अर्जुन पुरस्कार विजेता हुन् अनि जितु राई अन्तराष्ट्रिय स्तरमा परिचित निशानावाज हुन्। जसले अर्जुन पुरस्कार अनि राजीव गान्धी खेल रत्न पुरस्कारले सम्मानित बनिसकेका छन्। यसका साथै उनी विशिष्ट सेवा मेडलले पनि हिजै मात्र सेनामा सम्मानित भएका छन्।
पद्मश्री पुरस्कारा विजेता लिलबहादुर छेत्री को हुन्?
पिता प्रेम बहादुर छेत्री अनि माता पवित्र देवीको कोखमा पद्मश्री लिलबहादुर छेत्रीको जन्म 1 मार्च 1933 मा जन्म भएको हो। उनको वाल्यकाल  शिलाङमा बित्नका साथै प्राथमिक शिक्षा समेत उनले शिलाङबाटै प्राप्त गरेका थिए भने स्नातक कट्टन कलेजबाट अर्थशास्त्रमा पुरा गरेका हुन्। उनले अर्थशास्त्रमा गुवाहटी विश्वविद्यालयबाट प्राप्त गरेपछि आर्यविद्यापीठ महाविद्यालयमा अर्थशास्त्र विभागमा विभागीय प्रमुखको पदमा सन् 1994 मा सेवा निवृत्त भएका हुन्। यसका साथै उनले असमिया, हिन्दी अनि अङ्ग्रेजी भाषाको अध्ययन गरिरहे। नेपाली भाषालाई सधैँ प्रेम गर्ने छेत्रीले स्वअध्ययनकै माध्यमबाट नेपाली भाषामा आफ्नो दक्षता हासिल गरेका हुन्।
नेपाली भाषाका एक सफल उपन्यासकारका रूपमा परिचित लिलबहादुर छेत्री  स्पष्ट विचारधारा भएका मृदुभाषी व्यक्तित्वका धनी हुन्। समस्याहरूको उठान गर्ने छेत्रीले आफ्नो लेखनमा पाठकहरूलाई विचार थोप्ने कार्य गर्दैनन्। उनले आफ्ना लेखनहरूमा यथार्थलाई लेखका छन् भने गोर्खाहरूले भोग्न परेका समस्याहरूलाई स्पष्टसँग उठान् गरेका छन्। उनका लेखनमा गोर्खाहरूले भोगेका समस्या निक्कै टट्कारो रूपमा उठान भएको पाउछौँ।
छेत्रीले आफ्नो लेखन स-साना कथा लेखनबाट सुरु गरेका हुन्। नेपाली भाषाका चर्चित उपन्यासकार लिलबहादुर छेत्रीले आफ्नो सुरुआती लेखनमा कसरी लेखन सुरु गर्नुपर्ने अनि कसरी समापन गर्नुपर्ने भन्ने समेत ज्ञात नभएको बताउँछन्। यसैक्रममा पछिबाट उनके उपन्यास लेखनमा आफ्नो कलन चलाएको पनि उनले बताएका छन्। यसैक्रममा उनले पहिलो उपन्यास कृतिको रूपमा बसाईँ प्रकाशित भएको हो। जसको नेपाली साहित्यमा धरैमात्रमा चर्चा भएको उपन्यास मानिन्छ जसको प्रकाशित सन् 1957 मा भएको थियो। जुन उपन्यासलाई त्रीभुवन विश्वविद्यालयमा पठन सामाग्रीको रूपमा समावेश समेत गरिएको छ। यसपछि उनका अतृप्त 1969, अनि ब्रह्मपुत्रको छेउछाउ उपन्यास प्रकाशित रहेको छ। यसका साथै ‘असममा नेपाली भाषाको साह्रोगाह्रो’ (निबन्धसङ्ग्रह), नाटक – ओबाटो, कथासङ्ग्रह – तीनदशन बीस अभिव्यक्ति, प्रकाशित रहेका छन्।
साहित्यकार लिलबहादुर छेत्रीलाई सन् 1987 मा उनका उपन्यास ‘ब्रह्मपुत्रको छेउछाउ’-को निम्ति साहित्य अकादमी पुरस्कारले सम्मेत सम्माइत गरिएको थियो। यसैक्रममा उनको उपन्यास ‘बसाएँ’ लाई लिएर निर्मित चलचित्रलाई ओस्कार अवार्डको निम्ति समेत मनोनितमा परेको हो। जसलाई सुवास गजुरेलले निर्देशन गरेका थिए।
लिलबहादुर छेत्री अहिले गुवाहाटीमा आफ्ना दुई छोराहरू क्रमैले पङ्कज अनि पल्लव अनि छोरी कृष्ण छेत्रीको साथै आफ्ना नाता-नातिनीहरूको साथमा बस्दै आएका छन्।। उनका छोरी कृष्ण छेत्री राष्ट्रिय स्तरकी चर्चित क्लासिकल डान्सर हुन्।

1 comment:

  1. यहाँहरुलाई धेरै सुभकामना!

    ReplyDelete

Post Bottom Ad