‘नेपाली ऋतुकाव्यहरूको परिवेशपरक अध्ययन’ – विषयमा शोध गरेर देवचन्द्र सुब्बाले प्राप्त गरे ‘विद्यावारिधी’-को उपाधी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, January 29, 2020

‘नेपाली ऋतुकाव्यहरूको परिवेशपरक अध्ययन’ – विषयमा शोध गरेर देवचन्द्र सुब्बाले प्राप्त गरे ‘विद्यावारिधी’-को उपाधी

गफसफ.com, २९ जनवरी २०२०, कालेबुङ ।
टिस्टा भेल्ली राई गाउँ निवासी पिता मेघबहादुर सुब्बा अनि माता मन्जु सुब्बाका सुपुत्र श्री देवचन्द्र सुब्बाले उत्तरबङ्ग विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) प्राप्त गरेका छन्। डा सुब्बा हाल सिक्किम विश्वविद्यालय नेपाली विभागमा उप प्राध्यापकका पदमा कार्यरत छन्। नेपाली ऋतुकाव्यहरूको परिवेशपरक अध्ययनविषयमा प्रोफेसर घनश्याम नेपालका निर्देशनमा उनले यो शोध कार्य गरेका हुन्।
Devchandra Subba - FilePhoto
भारतबाट नेपाली साहित्यमा पर्यावरण अनि साहित्यबिचको अध्ययनलाई लिएर गरिएको यो पहिलो पिएचडी हो। उनले सन् २०१३ देखि यो शोध कार्य गरेर सन् २०१९मा समाप्त गरेका हुन्। बद्लिँदो जलवायु, प्रदूषित पर्यावरण अनि प्रकृतिमा आएको सङ्कटलाई साहित्यले कसरी सम्बोधन गर्छ अथवा साहित्यका माध्यमद्वारा यस सङ्कटको कसरी निवराण गर्न सकिन्छ भन्ने प्राक्कल्पनालाई लिएर उनले यो शोध कार्य गरेका छन्।
डा.सुब्बाको यस शोध कार्यले पर्यावरण विषयमा काम गर्ने अन्य विद्यार्थीहरूलाई पनि धेरै सहयोग पुग्ने छ। विश्वमा पर्यावरण सङ्कट ठुलो सङ्कटका रूपमा देखा परेको हुनाले विविध विषयका विशेषज्ञहरूले यसमाथि कार्य गरिरहेका छन् भने साहित्यले पनि पर्यावरण सङ्कटलाई कसरी हेर्छ त्यो यस शोध कार्यमा राखिएको छ। साहित्यमा देखा परेको इकोक्रिटिसिज्मको नयाँ अवधारणालाई लिएर यो शोध कार्य गरिएको छ जसमा लेखनाथ पौड्यालको ऋतुविचार’, मोहन कोइरालाको ऋतु-निमन्त्रणअनि मनप्रसाद सुब्बाको ऋतु क्यान्भसमा रेखाहरूकविता सङ्ग्रहलाई केन्द्र गरी प्रकृति सङ्कटमा साहित्यको कस्तो भूमिका हुनु पर्छ भन्ने तथ्यहरू यसमा राखिएको छ। 

No comments:

Post a Comment

Post Bottom Ad