नागरिकता संशोधन बीलको बिरोधमा उत्तरपूर्वी राज्यहरूमा तनाव; गुवाहटीमा अनिश्चितकालिन कर्फ्यु लागु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, December 11, 2019

नागरिकता संशोधन बीलको बिरोधमा उत्तरपूर्वी राज्यहरूमा तनाव; गुवाहटीमा अनिश्चितकालिन कर्फ्यु लागु

गफसफ.com, गुवाहटी, 11 दिसम्बर ।
नागरिकता संशोधन विधेयक (क्याब) लोकसभा अनि राज्यसभामा परित भइसकेको छ। तर यता उत्तरपूर्व राज्यहरूमा भने क्याबको विरुद्धमा मानिसहरू हजारौँ सडकमा ओलिरहेका छन्। क्याबको विरोधमा असमको गुवाहटीमा उधबार अनिश्चितकालको निम्ति कर्फ्यु लागु गरिएको छ भने त्रिपुरामा सेना झारेको छ। यसका साथै असममा सेनाको दस्ता तयार राख्ने घोषणा गरिएको छ।

क्याबलाई लिएर असमममा व्यापक विरोध चलिरहेको छ भने असमको दसवटा जिल्लाहरूमा बुधाबार बेलुकी सातबजेदेखि 24 घण्टाको निम्ति इन्टरनेट सेवा बन्द गरिएको छ। राज्य सरकारको अधिकारीवर्गहरूले उक्त जानकारी दिँदै शान्ति भंग गर्नका निम्ति सोसियल मिडियाको दुरुप्रयोगलाई रोक्नका निम्ति इन्टरनेट सेवा बन्द गरिएको बताइएको छ। अतिरिक्त मुख्य सचिव (गृह अनि राजनीतिक विभाग) कुमार सञ्जय कृष्णाद्वारा जारी एक अधिसूचना अनुसार लखीमपुर, धेमाजी, तिनसुकिया, डिब्रूगढ़, चराइदेव, शिवसागर, जोरहाट, गोलाघाट, कामरूप (मेट्रो) अनि कामरूप क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिनेछ| 

यसैक्रममा राज्यमा शान्ति भङ्ग हुने सम्भावनालाई ध्यानमा राखेर त्रिपुरा राज्यमा मङ्गलबार अपराह्न दुईबजेदेखि 48 घण्टाको निम्ति इन्टरनेट सेवाबन्द गरिएको छ। अधिकारीवर्गले उक्त इन्टर्नेट सेवा बिहिबारसम्म बन्द रहने जानकारी दिएका छन्। यसक्रममा ट्रेन अनि बस सेवा पनि बन्द गरिएको छ। सुरुआतमा असमका पुलिस महानिदेशक भास्कर ज्योति महन्तले कर्फ्यु बिहिबारसम्मको निम्ति लागु गरिने बताए पनि पछिबाट उनले उक्त कर्फ्यु अनिश्चितकालको निम्ति लागु गरिएको जानकारी दिएका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad