भाजपा सांसद निसिकान्त दुबेले पूर्व सांसद स्व.मणिकुमार सुब्बालाई नेपालको हो भनि लगाए आरोप; दार्जीलिङका सांसद राजु विष्ट मौन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, December 12, 2019

भाजपा सांसद निसिकान्त दुबेले पूर्व सांसद स्व.मणिकुमार सुब्बालाई नेपालको हो भनि लगाए आरोप; दार्जीलिङका सांसद राजु विष्ट मौन

गफसफ.com, कालेबुङ, 11 दिसम्बर ।
नागरिकता संशोधन विधेयकको विरोधमा उत्तरपूर्वी राज्यमा आगो सल्केर तनावपूर्ण रहेको अवस्थामा भारतीय जनता पार्टीका सांसद निसिकान्त दुबेले भने पूर्व गोर्खा सांसद स्व. मणिकुमार सुब्बामाथि विदेशीको गम्भीर आरोप लगाएका छन्। उनलाई विदेशीको आरोप लगाउन मात्र होइन उत्तरपूर्वी राज्यहरूमा घुसपैठ गराउने व्यक्ति समेर पूर्व सांसद स्व. मणिकुमार सुब्बा रहेको भाजपा सांसद निसिकान्त दुबेको आरोप रहेको छ। भाजपा सांसद दुबेले संसदको शीलकालिन सत्रमा बोल्दै कङ्ग्रेस पार्टीका पूर्व सांसद स्व. मणिकुमार सुब्बामाथि उक्त गम्भीर आरोप लगाएका हुन्।

‘एम.के. सुब्बा नेपालका नागरिक कङ्ग्रेसका सांसद थिए। उनले केवल घुसपैठ बडाउने काम गरे। उनले बङ्गालदेशदेखि लिएर बाहिरका मानिसहरूलाई नर्थइस्टमा ल्याउने काम गरे’ भाजपा सांसद निसिकान्त दुबेले संसदमा भने।
भाजपा सांसद दुबेले असमको तेजपुर लोकसभा आसनबाट तीनचोटि सांसद चुनिएर स्व. मणिकुमार सुब्बामाथि संसदभित्रै उक्त गम्भीर आरोप लगाएपछि यता गोर्खा समुदाय भाजपा प्रति रूष्ट बनेका छन्। पूर्व सांसद मणिकुमार सुब्बालाई विदेशीको आरोप लगाएर सम्पूर्ण गोर्खाहरूलाई नै भाजपाले अपमानित गरेको गोर्खाहरूले अनुभव गर्दै यसबारे गोर्खा सांसद राजु विष्टको मौनतामाथि पनि प्रश्न उठाइरहेका छन्। भाजपा सांसद दुबेले दिएको उक्त बयान अहिले विभिन्न सोसियल मिडियामा भाइरल बनेको छ भने उनलाई गोर्खाको इतिहास पढ्ने सुझाव पनि मानिसहरूले दिइरहेका छन। यस्तो अवस्थामा दार्जीलिङबाट चुनिएका भाजपा सांसद राजु विष्टको जवाबदेहिता रहने पनि मानिसहरूले बताइरहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad