दार्जीलिङ भ्याट्रेनलाई पराजित गरेर सिलगढी डागापुर भ्याट्रेन विजयी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 15, 2019

दार्जीलिङ भ्याट्रेनलाई पराजित गरेर सिलगढी डागापुर भ्याट्रेन विजयी

गफसफ.com, सिलगढी, 15दिसम्बर। रोचक प्रतिस्पर्धा भएको डागापुर मर्निङ भ्याट्रेन फुटबल प्रतियोगिताको फाइनल खेलमा आज दार्जिलिङ भ्याट्रेनलाई पराजित गरेर आयोजक कमिटी डागापुर भ्याट्रेन ए टोली च्याम्पियन बन्यो। नियमित अभ्यास तथा शारीरिक फिट रह्यो भने उमेरले फुटबल खेललाई छेकबार गर्न सक्दैन भन्ने प्रत्यक्ष प्रमाण प्रस्तुत गरे फाइनल खेलमा दुवै टोलीका पूर्व चर्चित फुटबल खेलाडीहरूले।


खेलमा पहिलो गोल दार्जिलिङ भ्याट्रेनको तर्फबाट पूर्व चर्चित खेलाडी फिजो वाङ्दीले गरे भने एक गोलले पछाडिएको डागापुर भ्याट्रेन टोलीका उत्कृष्ट खेलाड़ी रतीनमय रोयले 2 गोल गरेर आफ्नो टोलीलाई च्याम्पियन बनाए।

विजयी टोलीलाई कार्यक्रमका प्रमुख अतिथि अजय सोनारले नगद राशिसहित अमर बहादुर सोनार विजय ट्रफी तथा उपविजेता टोली दार्जिलिङलाई अतिथि मदन छेत्रीको बाहुलीबाट दिवङ्गत लक्ष्मी चन्द गर्ग ट्रफीसहित नगद राशि प्रदान गरियो। 

प्रतियोगितामा सबैभन्दा राम्रो खेलको प्रदर्शन गर्ने टोली सिक्किम बोइज भ्याट्रेन टोलीलाई फेयर टीमको रूपमा ट्रफी प्रदान गरियो। यसैगरी, पाको उमेरमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेर दर्शकहरूको मन जित्न सफल बनेका सञ्जीब छेत्रीलाई म्यान अफ् द टुर्नामेन्ट प्रदान गरियो। डागापुर मर्निङ भ्याट्रेनले प्रत्येक वर्ष नै भ्याट्रेन फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको साथै यसपल्टको प्रतियोगितामा सिक्किम, जलपाईगढी, सिलगढीलगायत विभिन्न ठाउँका फुटबल टोलीले अंश ग्रहण गरेको आयोजक कमिटीका महासचिव विकास नेपालले जानकारी गराएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad