लेप्चा जातिय सङ्गठनमा ‘फुट’ : युसुफ सिमिकले गरे सम्पूर्ण आरोपहरूको खण्डन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 15, 2019

लेप्चा जातिय सङ्गठनमा ‘फुट’ : युसुफ सिमिकले गरे सम्पूर्ण आरोपहरूको खण्डन

गफसफ.com, कालेबुङ, 15 दिसम्बर।
लेप्चा जातिलाई एकमुष्ठ बनाएर राख्न सफल बनेको एकमात्र सङ्गठन ईन्डेजेनियस लेप्चा ट्राइबल एसोसिएसन (ईल्टा) भित्र रहेको गुटबन्दी अखिरमा बाहिर आएर नै छाड्यो। लेप्चा सङ्गठन ईल्टाभित्रको गुटबन्दी केवल त्यहाँ मात्र सिमित नबनेर लेप्चा विकास बोर्ड (एमएलएलडीबी) भित्र समेत लेप्चाहरू नै गुटबन्दी बनिसकेका छन्। एकातिर एमएलएलडीबी अध्यक्ष एल.एस तामसाङ गुटकाहरू छन् भने अर्कोतर्फ युसुफ सिमिक गुटकाहरू दुई गुटमा विभाजन बनिसकेका छन्। जुन कुरा एमएलएलडीबी अध्यक्ष एल.एस तामसाङ समुहले गत 9 दिसम्बरका दिन रेली अनि शनीबार कालेबुङको मेला ग्राउण्डमा जनसभा आयोजना गरेर युसुफ सिमिकलाई विकास बोर्डको कार्यहरूमा व्यापक भ्रष्टचार गरेको आरोप लगाएपछि सङ्गठनभित्रको सम्पूर्ण गुटबन्दी पनि बाहिर निस्केको हो।
उसै त युसुफ सिमिक अहिलेघरी जन आन्दोलन पार्टीका ब्युरो सदस्य हुन्। सुरुमा उनी लेप्चा विकास बोर्डका उपाध्यक्ष पदमा आसिन थिए। त्यसपछि उनी राजनीतिमा सक्रिय बनेपछि उनलाई लेप्चा विकास बोर्डको उपाध्यक्ष पदबाट निस्कासित गरिएको थियो। यद्यपी उनी लेप्चा विकास बोर्ड भित्रका प्रभावी व्यक्तित्व भने मानिएका थिए भने विकास बोर्डद्वारा सञ्चालित एकाधिक विकास कार्यहरूलाई युसुफ सिमिकले नै हेर्ने गरेका थिए।
यस्तो अवस्थामा गत केहि सप्ताह अघि मात्र लेप्चा विकास बोर्डका प्रशासन रूम्देन लेप्चालाई कालेबुङका पूर्व जिल्लापालले क्टु व्यवहार गरेको खबर फैलिएपछि लेप्चा समुदायका मानिसहरूले जिल्लापाल कार्यलय अघि नै धर्ना प्रदर्शनी नै गरे। त्यसपछि बाहिर निस्केको विवाद आखिरमा लेप्चा विकास बोर्ड र लेप्चाहरूको सङ्गठन ईल्टा नै दुई फ्याक भएर परस्पर अर्को लेप्चाहरू सङ्गठन गठन हुने अवस्थामा पुगेको छ। जसको घोषणा समेत एमएलएलडीबी अध्यक्ष एल.एस तामसाङले गरिसकेका छन्।
लेप्चा विकास बोर्डका पूर्व उपाध्यक्ष एवम् वर्तमान जन आन्दोलन पार्टीका केन्द्रिय ब्युरो सदस्य युसुफ सिमिकले बोर्डको कार्यहरूमा व्यापक भ्रष्टचार गरेको कालेबुङको मेला ग्राउण्डबाट एल.एस तामसाङ अनि उनका समुहले आरोप लगाएपछि आज उक्त आरोपहरूको सिमिकले जवाब दिएका छन्।
युसुफ सिमिकले ईल्टाको आफु सल्लाहकार रहेको बताउँदै लेप्चा विकास बोर्डको सम्पूर्ण विकास कार्यहरूले आफुले नै हेर्दै आइरहेको स्वीकार गरे। ‘हिज सभाबाट जे जस्ता आरोपहरू लगाए ती आरोप लगाउन अघि उनीहरूले हामीसँग परामर्श लिन आवश्यक थियो। हामीले हामीसँग थुप्रै प्रकारका कार्ययोजनाहरू छन्। एउटा सोझै उपभोक्ताले पाउने लाभ अनि अर्को कन्ट्र्याक मार्फत हुने कार्यहरू छन्। उपभोक्ताहरूले पाउने सुविधामा तुम, थुम र पुमबाट छानिएर आउँछन् अनि त्यसै मार्फत् उनीहरूले लाभ पाउँछन्’ युसुफ सिमिकले भने।
उनले विकास बोर्ड मार्फत उपभोक्ताले पाउने रोङली (घर) निर्माणको कार्य प्रमुखतासँग कार्य गरिरहेको बताउँदै यसले उपभोक्ताहरूले सही सुविधा पाएको दाबी गरेका छन्। यसका साथै सिमिकले हालमा आफुहरूले रात्री पाठशालाको निर्माण पनि आफुहरूले निर्माण गरेको अनि त्यसको पनि सही कार्य भएको दाबी गरेका छन्। यसका साथै आफुहरूले गरेका अन्य कार्यहरू पनि पूर्णरूपले ईमान्दरसँग गरेको दाबी गर्दै आफुमाथि लगाएका सम्पूर्ण आरोपहरू असत्य रहेको बताएका छन्।
‘हिज जे जस्ता आरोपहरू लगाए ती आरोपहरू सबै निराधार हुन्। हामीले हाम्रो जातिको हितका निम्ति काम गरिरहेका छौँ। यसरी सार्वजनिक रूपले आरोप लगाउनु ठिक होइन’ युसुफ सिमिकले भने। हालमा आफुहरू माझ लेप्चा समुदायमा विभाजनमा देखिएको भन्दै यो देखिको फुटलाई एकार्कमा बसेर साम्य पार्न सकिने बताएका छन्।
उनले विवादको सुरुआत कालेबुङ जिल्लापालको कार्यलयमा प्रशासक रूम्देन लेप्चालाई बोलाएर गाली गरेपछि विरोध आयोजना गर्नथालेपछि भएको भन्दै वास्तवमा त्यहाँ सङ्गठन फुट्ने अवस्थामा पुग्ने कार्य भने ठिक होइन भनेका छन्। यसैक्रममा सिमिकले एमएलएलडीबी अध्यक्ष एल.एस तामसाङले ईल्टाकै परस्पर नयाँ लेप्चा सङ्गठन गठन गर्ने घोषणा पछि प्रजातन्त्रमा सबैले सङ्गठन गर्न सकिने भए पनि नयाँ सङ्गठन बनाउन अघि एकार्कमा छलफल हुन आवश्यक रहेका छन्।
‘मलाई उपाध्यक्ष पदबाट निकालेपछि मेरा साथीहरूलाई नै बोलाएर अब युसुफ सिमिकको साथ छोड्नुपर्छ भन्ने आदेश पनि दिएछन्। त्यसो भन्दा साथीहरू मानेनन्’ उनले एमएलएलडीबी अध्यक्ष एलएस तामसाङको नाउँ नलिइ भने। यदि आफुलाई नै बोलाएर राम्रो सँग कुनै कुरा भन्न सकिने भए पनि आफ्नै साथीहरूलाई बोलाएर आफ्नै विरुद्धमा भन्नु ठिक नरहेको पनि सिमिकले बताएका छन्। यसक्रममा उनले यदि ईल्टाले गरेको कार्यहरू ठिक भएको थिएन भने त्यसलाई एमएलएलडीबीले सोझै हस्तक्षेप गरेर यो कार्यलाई यसरी गर्नुपर्छ भनेर सुझावहरू दिन समेत सकिने थियो भनेका छन्। ‘हामीले गरेको कार्य ठिक होइन भन्नु मात्र ठिक होइन। तर, ठिक कार्य भएको छैन भने ठिक के हो भन्ने पनि भन्नुपर्छ। हामी सेजुममा यसरी चर्चा गरेर अघाडी बड्छौँ। हामीलाई सोझै आरोप लगाउनेहरूले पहिला हाम्रो कार्य औँलाएर भूल देखाउन सक्नुपर्थ्यो’ युसुफ सिमिकले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad