नागरिकता संशोधन कानुन (सीएए) अनि एनआरसीको विरोधमा गोजमुमोद्वारा कार्यक्रमको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 16, 2019

नागरिकता संशोधन कानुन (सीएए) अनि एनआरसीको विरोधमा गोजमुमोद्वारा कार्यक्रमको घोषणा

गफसफ.com, दार्जीलिङ, 15 दिसम्बर।
गोर्खा जनमुक्ति मोर्चा (विनय गुट)ले नागरिकता संशोधन कानुन (सीएए) अनि एनआरसीको विरोधमा विविध कार्यक्रमहरूको घोषणा गरेको छ। मोर्चा अध्यक्ष विनय तामङले एक प्रेस विज्ञप्ती जारी गरेर उक्त कार्यक्रमहरूको घोषणा गरेका छन्।

आइतबार सुकनामामा पार्टीको 23  वटा भातृ संगठनहरू लगायत दार्जीलिङ, खरसाङ, कालिम्पोङ अनि मिरिक सौरेनी,  तराईका विभिन्न स्तरका नेतृत्वहरूलाई लिएर बसेको वैठकमा भावि कार्यक्रमहरूको निर्णय लिएको बताएका छन्। उक्त वैठकमा नागरिकता संसोधन ऐन 2019 (CAA), राष्ट्रिय नागरिकता पन्जीकरण (NRC) अनि इनर लाइन परमिट (ILP) माथि विस्तृत चर्चा-परिचर्चा गरिएको बताउँदै नागरिकता संसोधन ऐन र राष्ट्रिय नागरिकता पन्जीकरणको कारणले सर्व भारतीय स्तरमा गोर्खा जातिमाथि दुर्गामी प्रभाव पर्ने भएको कारण यसको पार्टीले जोडदार विरोध गर्ने भएको छ।
‘सीएए अनि एनआरसीको कारणलेगोर्खा जातिमा आइपरेको समस्या अनि दुरगामी आइपर्ने  आपद र विपदलाई गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी) ले जातिको सुरक्षा अनि समस्याको समाधानको पुर्ण अभिभारा र दायित्व लिने औ दार्जीलिङ पहाड तराई र डुअर्समा बसोबासो गर्ने सम्पुर्ण समुदाय अनि सम्प्रदायहरुको हित र सुरक्षामाथिपनि आफनो जिम्मावारी लिने महत्वपूर्ण निर्णय लिइयो’ विनय तामङले भनेका छन्।  
‘गोर्खा जनमुक्ति मोर्चाले यी दुई कालो कानुनहरूको विरोधमा आगामी 1819 दिसम्बरको दिन जीटीए क्षेत्रहरूमा गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा  व्यापक पोस्टरिङ गर्नेछ। आगामी 20 दिसम्बरको दिन दार्जीलिङ, खरसाङ, कालिम्पोङ अनि मिरिकमा व्यापक विरोध रेली अनि जनसभा गरिनेछ’ विनय तामङले कार्यक्रमहरूको घोषणा गरेका छन्।
यसक्रममा उनले 20 दिसम्बरमा हुन गइरहेको रेली अनि सभामा  सबै सर्वसाधारण जनता जनार्दन अनि सबै सघं सस्थाहरूलाई सामेल भइदिने आह्वान समेत गरेका छन्। ‘प्रतिवादको यी दुई विरोध कार्यक्रम पश्चात केही दिनको अन्तरालमा केन्द्र सरकारलाई अझ चाप सृष्टि गर्न नयाँ रणनीति अनुरूप विरोध कार्यक्रमहरूलाई अझ ससक्त बनाइनेछ साथै केही कार्यक्रमहरू सिलिगुडी तराई र डुवर्समापनि गर्ने निर्णय लिइएको छ’ विनय तामङले अझ भनेका छन् –‘सम्पुर्ण दार्जीलिङ पहाड सिलिगुडी तराई अनि डुअर्सका आम नागरिकलाई प्रतिवाद (विरोध) कार्यक्रमहरूलाई सफल बनाइदिनहुन अपिल गर्दछौं।’

No comments:

Post a Comment

Post Bottom Ad