साहित्यकार सुख नमलाई ‘दान खालिङ साहित्य सम्मान -२०१९’ – प्रदान गरिने घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 14, 2019

साहित्यकार सुख नमलाई ‘दान खालिङ साहित्य सम्मान -२०१९’ – प्रदान गरिने घोषणा

गफसफ.com, सिलगडी 15 दिसम्बर।
सिलगडी नेपाली साहित्य संस्थानले ‘दान खालिङ साहित्य सम्मान -२०१९’ साहित्यकार सुख नमलाई प्रदान गर्ने घोषणा गरेको छ। संस्थानको चयन समितिको वैठकपछि साहित्यकार सुख नमको नामलाई सर्वसम्मतिले स्वीकार गरेपछि उक्त घोषणा गरिएको हो। यसबारे संस्थानका अध्यक्ष वासुदेव पुलामीले जानकारी दिएका छन्।
आगामी २६ दिसम्बरका दिन संस्थानको स्थापना दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिने भएको छ। ‘सिलगडी नेपाली साहित्य संस्थानद्वारा प्रत्येक वर्ष संस्थानको स्थापना दिवस, गिरी जयन्ती तथा दान खालिङ जयन्तीको अवसर पारी दिसम्बर २६ तारिखका दिन प्रदान गरिने दान खालिङ साहित्य सम्मानका निम्ति उपयुक्त साहित्यकारको नाउँ छनोट गर्न गठन गरिएको चयन समितिको बैठक वास्ता भवन, न्यु रङ्गियामा बस्यो। समितिको बैठकद्वारा यस वर्षको दान खालिङ साहित्य सम्मान -२०१९ साहित्यकार सुख नमलाई प्रदान गर्ने निर्णय सर्वसम्मतिले लिइयो’ संस्थानका अध्यक्ष वासुदेव पुलामीले भने।
उनले सम्मानित व्यक्तित्वलाईसम्मानका रूपमा अङ्गवस्त्र, स्मृति चिह्न र नगद राशी बीस हजार रूपियाँ खालिङ परिवारका वरिष्ठ सदस्यका बाहुलीबाट प्रदान गरिने पनि जानकारी दिएका छन्। संस्थानले प्रदान गर्ने उक्त पुरस्कार चयनका निम्ति चयन समितिका सदस्यहरू प्रोफेसर मोहन पी दाहाल, मनप्रसाद सुब्बा अनि ज्ञानेन्द्र खतिवडा रहेको साथै यता संस्थानका तर्फबाट अध्यक्ष वासुदेव पुलामी संयोजकका रूपमा उपस्थित रहेका थिए।
उक्त चयन समितिले आखिरमा सर्वसम्मतिले साहित्यकार सुख नमलाई ‘दान खालिङ साहित्य सम्मान -२०१९’ प्रदान गर्ने निर्णय लिइएको हो। उक्त सम्मान कार्यक्रम आगामी दिसम्बर २६ दिसम्बरका दिन क्यापस क्रुसेड फर क्राइस्टको महानेम हल, न्यु रङ्गिया, शिवमन्दिर, सिलगडीमा आयोजना गरिने पनि वासुदेव पुलामीले जानकारी दिएका छन्।

1 comment:

  1. हार्दिक बधाई अनि धेरै धेरै शुभकामना र नमन्।

    ReplyDelete

Post Bottom Ad