एकवद्ध लेप्चाहरूको सङ्गठन ‘ईल्टा’ बनियो दुई फ्याक; आगामी 20 दिसम्बरमा नयाँ कमिटि बनिने घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 14, 2019

एकवद्ध लेप्चाहरूको सङ्गठन ‘ईल्टा’ बनियो दुई फ्याक; आगामी 20 दिसम्बरमा नयाँ कमिटि बनिने घोषणा

गफसफ.com, कालेबुङ 14 दिसम्बर।
लेप्चा जातिको सर्वाङ्गिन विकासको निम्ति अघि आएको ईण्डेजेनियस लेप्चा ट्राईबल एसोसिसन (ईल्टा) मा फुट आएको छ। जसको परिणाम स्वरूप अब लेप्चाहरूको नयाँ सङ्गठन समेत बनिने भएको छ। ईल्टा एउटा अराजनैतिक सङ्गठन हुँदा-हुँदै यसभित्र राजनीति पसेकै कारण अब लेप्चा जातिको हितमा पूर्णरूपले अराजनैतिक सङ्गठनको रूपमा लेप्चाहरूको नयाँ सङ्गठन बनिने भएको हो। उक्त नयाँ सङ्गठनको घोषणा आगामी 20 दिसम्बर लेप्चा राजा पनु ग्याबो आच्योकको जन्म जयन्तीको अवसरमा गरिने मायल ल्याङ लेप्चा डेभलभमेन्ट बोर्ड (एमएलएलडीबी) का अध्यक्ष एल.एस. तामसाङले गरेका छन्।

मायल ल्याङ लेप्चा डेभलभमेन्ट बोर्ड (एमएलएलडीबी) का प्रशासक रूम्देन लेप्चलाई कालेबुङका पूर्व जिल्लापालले अभद्र व्यवहार गरेको भन्ने कुराबाट सुरु भएको विवाद आखिरमा लेप्चा सङ्गठन नै दुई फ्याक भएर सकिने स्पष्ट भएको छ। पश्चिम बङ्गाल सरकारले गठन गरेको एमएलएलडीबी-लाई सञ्चालन गर्ने समिति भए पनि त्यसलाई लेप्चाहरूको सङ्गठन ईल्टाले नै चलाउँदै आइरहेको सबैलाई ज्ञात भएकै हो। एमएलएलडीबी र ईल्टा एकार्कमा पर्यायवाची जस्तो बनेर चल्दै आएको सङ्गठनमा केहि सप्ताह अघिदेखि विवाद आरम्भ भएको हो। उक्त विवादले ईल्टालाई नै दुई फ्याक गराउनु मात्रै होइन एमएलएलडीबी भित्रै भएको भ्रष्टचारहरूलाई समेत सार्वजनिक हुने स्थितिमा पुर्‍याएको छ। यद्यपी एमएलएलडीबी-का अध्यक्ष एल.एस तामसाङले एमएलएलडीबीमा भ्रष्टचार भएको छैन भन्दै एमएलएलडीबी-को कतिपय कार्यहरू ईल्टाले हेर्ने गरेको अनि त्यस ईल्टाले हेरेको कार्यहरू ठिकसँग नभएको भन्दै त्यहाँ भएको भ्रष्टचारको कुरालाई समेत अघि ल्याएका छन्।

लेप्चा सङ्गठन र लेप्चा जातिका मानिसहरूलाई नै अन्योलमा पार्ने प्रकारका विवादलाई साम्य पार्न आवश्यक अनुभव गरेपछि नै एमएलएलडीबी अध्यक्ष एल.एस तामसाङले गत 9 दिसम्बरका दिन रेलीमा एउटा सभा गरेर स्पष्टिकरण दिन थालेका हुन्। त्यसैको फलस्वरूप आज कालेबुङको मेला ग्राउण्डबाट उनले उक्त विवाद र अन्योलता समाप्त गर्न लेप्चा मानिसहरूलाई सम्बोधन गरे। आफ्नो सम्बोधनको क्रममा तामसाङले ‘ईल्टा’ भित्र राजनीति प्रवेश गरेको भन्दै अब लेप्चा जातिको हितका निम्ति ‘नयाँ कमिटि’ गठन गर्ने घोषणा नै गरेका छन्।

‘मायल ल्याङ लेप्चा डेभलभमेन्ट बोर्ड अनि ईन्डेजेनियस लेप्चा ट्राइबल एसोसिएन बेग्ला बेग्लै दुईवटा संस्थाहरू हुन्। एमएलडीबी पश्चिम बङ्गाल सरकारको एउटा संस्था हो अनि ईल्टा लेप्चाहरूको एउट गैरराजनैतिक संस्था हो। ईल्टा कहिले पनि राजनीतिसँग सम्बद्ध थिएन र कहिले पनि हुनेछैन। यो नितान्त अराजनैतिक संस्था भएर रहनेछ। भविष्यमा पनि यो ईल्टा अराजनैतिक संस्था भएर काम गर्नेछ। यो पोलिटिकल पार्टी होइन अनि यसले केवल लेप्चाहरूको भाषा, साहित्य र संस्कृति माथि मात्रै कार्य गर्नेछ’ एल.एस तामसाङले लेप्चा मानिसहरूलाई सम्बोधन गर्दै भने।
यसक्रममा उनले ईल्टाका कतिपय मानिसहरूले आफ्नो राजनैतिक स्वार्थ पुरा गर्नलाई लेप्चाहरूको सङ्गठन प्रयोग गरेको अब यस्तो कार्य हुन नदिने पनि स्पष्ट पारेका छन्। ‘आफ्नो निजी स्वार्थ पुरा गर्नका निम्ति सिधा सोझा लेप्चाहरूलाई लिएर राजनैतिक स्वार्थ पुरा गर्ने काम यो सङ्गठनले गर्नेछैन’ तामसाङले भने। यस क्रममा उनले प्रत्येक लेप्चाहरूलाई आफ्नो सङ्गठनको कार्यप्रणाली प्रति प्रश्न सोध्ने आह्वान पनि गरेका छन्। अहिलेसम्म लेप्चाहरूले प्रश्न नसोधेकै कारण मनपरी भएको पनि उनले बताएका छन्।  
उनले आफ्नो सम्बोधनको क्रममा कतिपय लेप्चाहरूले नयाँ कमिटि गठनको प्रस्ताव दिएको अनि त्यस कमिटिको अध्यक्षको पदमा आफुलाई बस्ने अनुरोध गरेको भन्दै लेप्चा जातिको हितको निम्ति त्यस प्रस्तावलाई आफुले स्वीकार गरेको पनि उनले खुलस्त पारेका छन्। ‘अब नयाँ लेप्चा सङ्गठनको गठन हुन आवश्यक छ। नयाँ एडहक कमिटिको पदमा बस्ने भन्ने जुन प्रस्ताव दिनुभयो त्यो प्रस्तावलाई म स्वीकार गर्नेछु’ तामसाङले अझ भने –‘20दिसम्बरका दिन पनु ग्याबो आच्योकको जन्मदिनको दिन नयाँ कमिटिको नामकरण गरिनेछ। वुद्धिजिवी लेप्चाहरू त्यहाँ हुनेछन्। यो नयाँ बनिएको कमिटिलाई एमएलडीबीले अनुमोदन गर्नेछ।’
‘यो नयाँ एसोसिएसन हुनेछ। नयाँ कमिटि हुनेछ अनि यो नयाँ कमिटिलाई एमएलएलडीबीले अनुमोदन गर्नेछ। पश्चिम बङ्गाल सरकारले अनुमोदन गर्नेछ। यो कमिटिले निस्वार्थ लेप्चाहरूको विकास गर्नेछ भन्ने विश्वास छ। हामीलाई खेलाउने हामीसँग खेल्ने व्यक्तिहरू यसमा हुनेछैन’ एल.एस तामसाङले भने।
लेप्चाहरूलाई सम्बोधन गर्ने कार्यपछि पत्रकारहरूले सोधेको प्रश्नहरूको उत्तर दिने क्रममा पनि एल.एस तामसाङले ईल्टामा राजनीति प्रवेश गरेको भन्दै ‘जन आन्दोलन पार्टी’-को नाउँ समेत लिए। ‘हामी सबै लेप्चाहरू एउटै हो। कतिपय कार्यहरू ठिकसँग नभएको कारण अब पुरानो कमिटिलाई भङ्ग गरेर अब एउटा राम्रो कमिटि बनाउने योजना छ’ तामसाङले अझ भने –‘ईल्टालाई कतिपयले पोलिटिकल प्लेटफार्म बनायो।’

No comments:

Post a Comment

Post Bottom Ad