सीएबीको विरोधमा उत्तरपूर्वी राज्यपछि हिंसाको आगो अब पश्चिम बङ्गालमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, December 14, 2019

सीएबीको विरोधमा उत्तरपूर्वी राज्यपछि हिंसाको आगो अब पश्चिम बङ्गालमा

गफसफ.comकोलकोता, 15 दिसम्बर।
नागरिकता संशोधन कानुनको विरुद्ध उत्तरपूर्वी राज्यहरूबाट भड्केको हिंसाको आगो पश्चिम बङ्गाल राज्यमा प्रवेश गरेको छ। असम लगायत अन्य क्षेत्रहरूमा भएको हिंसक प्रदर्शनी पछि सीएबीको विरोधमा पश्चिम बङ्गालको विभिन्न ठाउँहरूमा हिंसक प्रदर्शन भएको छ। जसको कारण ट्रेन सेवा बाधित बन्न पुगेको छ भने प्रदर्शनकारीहरूले रेल्वे पटरी लगायत बसहरूमा आगो लगाउने कार्य समेत गरेको छ। जसको कारण तनाव वृद्धि भइरहेको छ। मुर्शिदावाद जिल्लाको कृष्णपुर स्टेशनमा प्रदर्शनकारीहरूले खाली ट्रेनमा आगो लगाउने कार्य गर्नका साथै 25 भन्दा अधिक बसहरूमा समेत आगो लगाउने कार्य गरेको छ।

प्रदर्शनकारीहरूले लालगोला स्टेशनमा रेल्वे स्टेशनमा तोडफोड गर्ने कार्य गरेको छ। यसका साथै मुर्शिदावादकै सुजनीपारा स्टेशनमा पनि तोडफोड गरेको समाचार प्राप्त भएको छ। यसका साथै मालदा जिल्लाको  हरिशचन्द्रपुरमा पनि रेल्वे ट्र्याकमा तोडफोड गरेको छ। यसका साथै प्रदर्शनकारीहरूले हावडाको डोमजूर थाना अन्तर्गत गरफा मोडमा 25 बसहरूम आगो लगाएका छन्। यसका साथै ट्राफिक बुथलाई पनि आगो लगाएको छ। यसक्रममा प्रदर्शकारीहरूले पुलिसलाई पनि ढुङ्गा मुढा गर्न पछि परेनन्। यस अवधी प्रदर्शनकारीहरूले हवाई फाइरिङ समेत गरेको समाचार अघि आएको छ। जसको कारण उक्त क्षेत्र रणक्षेत्रमा परिणत भएको थियो भने प्रदर्शनकारीहरूलाई लखेट्न र्‍याफ सडकमा उतार्नु परेको थियो।

प्रदर्शनकारीहरूले बर्साएको ढुङ्गा मुढाको कारण कतिपय पुलिसकर्मी घाइते समेत भएको जान्नमा आएको छ। यस अवधी चारघण्टा भन्दा अधिक समयसम्म कोना एक्सप्रेस-वेलाई पूर्णरूपले बन्द गरिएको थियो। प्रदर्शनकारीहरूको उग्र प्रदर्शनकै कारण दक्षिण पूर्व रेलवे अन्तर्गत हावड़ा-खड़गपुर शाखामा ट्रेन सेवा पूर्णरूपले ठप्प भएको थियो। उग्र प्रदर्शनकै कारण 16 भन्दा अधिक ट्रेन समेत रद्द गरिएको छ।  

No comments:

Post a Comment

Post Bottom Ad