स्व. मणिकुमार सुब्बालाई नेपालको भन्ने भाजपा सांसद निसिकान्त दुबेको बयानप्रति दार्जीलिङका सांसद राजु विष्टले मागे क्षमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, December 13, 2019

स्व. मणिकुमार सुब्बालाई नेपालको भन्ने भाजपा सांसद निसिकान्त दुबेको बयानप्रति दार्जीलिङका सांसद राजु विष्टले मागे क्षमा

गफसफ.com, कालेबुङ 14 दिसम्बर।
भाजपा सांसद निसिकान्त दुबेले पूर्व सांसद स्व. मणिकुमार सुब्बालाई नेपालको नागरिक भन्दै उनले असममा घुसपैठ गराएको भनि गम्भीर आरोप लगाएपछि यता दार्जीलिङका सांसद रजु विष्टले उक्त बयानमाथी माफी मागेका छन्। उनले एक प्रेस विज्ञप्ती जारी गरेर आफु संसदमा अनुपस्थित रहेको समय झारखण्डका भाजपा सांसद निसिकान्त दुबेले पूर्व सांसद मणिकुमार सुब्बामाथी लगाएको सम्पूर्ण आरोपको खण्डन गर्दै उनको परिवार प्रति माफी मागेका छन्।

‘निसिकान्त दुबेले दिएको गलत वक्तव्यको म जोडदार खण्डन गर्दछु अनि स्व. मणिकुमार सुब्बाको परिवारप्रति क्षमा चाहन्छु। जब सीबीआईले उनी नेपालका नागरिक हुन् भने मुद्दा दर्ता गरे अनि त्यस मुद्दालाई समेत न्यायलयमा प्रमाणित गर्न सकेनन्। यसकारण दुबेले दिएको बयान केवल एउटा बयान बाहेक केहि होइन। उनलाई संसदमा बोल्न अघि म सत्य तथ्य सङ्ग्रह गर्ने सुझाव दिन चाहन्छु’ सांसद राजु विष्टले भनेका छन्। सांसद दुबेको ज्ञानको अभावकै कारण आफ्नो भावनामा समेत ठेस पुगेको भन्दै सांसद राजु विष्टले भारतभरी छरिएकोआ सम्पूर्ण गोर्खाहरू सँगै आसमका जनताको भावनामा समेत ठेस पुगेको बताएका छन्।
यसक्रममा सांसद राजु विष्टले पूर्व सांसद स्व. मणिकुमार सुब्बाको पत्नीसँग टेलिफोनिक कुराकानी गरेर खेद प्रकट गरेको बताउँदै यसबारे लोकसभा अध्यक्ष ओम बिर्लासँग पनि भेट गरेर संसदमा सांसद निसिकान्त दुबेले दिएको बयानलाई रेकर्डबाट हटाउने अनुरोध गरेको बताएका छन्।

1 comment:

  1. गोर्खा लाई सबैले नेपालको भन्छन् त्यसैले गोर्खाल्यान्ड जरुरी छ राजु भाइ यो अनेक को बयान्बाजी गर्ने लाई ध्यान नदिएर गोर्खाल्यान्ड प्रती काम गर अन्यथा तिमिलाइपनी सबैले नेपाल कै भन्छन नपत्याए साधरन भेस भुसामा अस्सम बाट मुम्बई को रेलमा स्लिपर मा सफर गर त कति पाउछौ तिमिले तिमिलाइ नेपालको हो भन्ने

    ReplyDelete

Post Bottom Ad