एनआरसी र सीएए-को विरोधमा गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा 29 दिसम्बर पहाड बन्दको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, December 23, 2019

एनआरसी र सीएए-को विरोधमा गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा 29 दिसम्बर पहाड बन्दको घोषणा

गफसफ.com, दार्जीलिङ, 23 दिसम्बर।
नागरिकता संशोधन कानुन (सीएए) अनि एनआरसीको विरोधमा गोर्खा जनमुक्ति युवा मोर्चा (विनय गुट)-ले आगामी 28 दिसम्बर पहाड बन्दको घोषणा गरेको छ। सुरुदेखि नै सीएए र एनआरसीको विरोध गर्दै आइरहेको मोर्चाले लगातार ‘सरकारले एनआरसी अनि सीएए मार्फत दोहोरो नीति अप्नाएको छ। देशको खाँटी नागरिकहरूलाई एनआरसी लागु गरेर बाहिर निकाल्ने अनि बाहिरबाट आएका नागरिकहरूलाई भने देशको नागरिकता दिने कुरा गरेर सरकारले दोहोरो नीति अप्नाउने कार्य गरिरहेको छ। यसै दोहोरो नीतिको विरोधमा गोर्खा जनमुक्ति युवा मोर्चाले आगामी 29 दिसम्बर जीटीए क्षेत्रमा साङ्केतिक बन्दको आह्वान गर्दछौँ’ केन्द्रिय युवा मोर्चा नेता अरूण छेत्रीले भने।

उनले एक पत्रकार सम्मेलन मार्फत उक्त बन्दको घोषणा गर्दै सरकारले अहिलेसम्म गोर्खा जाति माथि आफ्नो अडान स्पष्ट नगरेको पनि बताएका छन्। ‘गोर्खाहरूलाई एनआरसीले प्रभाव पार्दैन भन्ने मौखिक बयान आइरहेको छ। तर असममा एक लाख भन्दा धेर गोर्खाहरू एनआरसीको सूचीबाट बाहिर परेपछि उनीहरूलाई विदेशी भनिएको छ। यस्तो अवस्थामा गोर्खाहरूलाए एनआरसीले प्रभाव पार्दैन भन्नेहरूले मौखिक होइन लिखित रूपमा सरकारले स्पष्ट पारुपर्छ’ अरूण छेत्रीले भने।
‘जसरी असमभित्र सौताल र आदिवासी जातिलाई प्रोटेक्टेड लिस्टमा हालेर उनीहरूलाई ओरिजिनल इनह्याबिटेन्ट घोषणा गरियो त्यसरी नै गोर्खाहरूलाई पनि ओरिजिनल इनह्याबिटेन्ट लिस्टमा समावेश गर्नुपर्छ। यसबारे सरकारले आधिकारिक अधिसूचना जारी गर्नुपर्छ। जबसम्म सरकारले यस्तो कार्य गरेर गोर्खाहरूलाई सुरक्षा दिने कार्य गर्दैन तबसम्म गोर्खा जनमुक्ति युवा मोर्चा जोडदार विरोध गरिरहनेछ’ अरुण छेत्रीले अझ भने।

No comments:

Post a Comment

Post Bottom Ad